प्रियंका र निक जोनसको ‘डिभोर्स’ हुन लागेको हो ? « Khabarhub

प्रियंका र निक जोनसको ‘डिभोर्स’ हुन लागेको हो ?


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अमेरिकाबाट प्रकाशित ओके नामक म्यागजिनले बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनसको सम्बन्धमा दरार आएको समाचार लेखेको छ । समाचारका अनुसार तीन महिनाअघि मात्र बिहे गरेका निक–प्रियंकाले डिभोर्स गर्ने तयारीमा छन् ।

उक्त म्यागेजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमा नै एकअर्काप्रति वितृष्णा उत्पन्न भएको छ, दुवै डिभोर्स गर्ने सहमतिमा पुगिसकेका छन् ।’

निक जोनस र प्रिंयका चोपडाले तीन महिनाअघि धुमधाम बिहे गरेका थिए । प्रियंकाभन्दा १० वर्ष कान्छा जोनस व्यवहारिक भएको तर प्रियंका भने ‘केटाकेटी’जस्तो भएको समाचारले लेखेको छ ।

समाचारमा उल्लेख छ, ‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, उनीहरुले हतारमा बिहेको निर्णय लिइरहेका थिए, अहिले पछुताइरहेका छन्, दुवैको वैवाहिक सम्बन्ध एउटा परालको त्यान्द्रोमा अल्झिएको छ ।’

समाचारलाई आधार मान्ने हो भने निकको परिवारले पनि प्रियंकालाई छिटो सम्बन्ध तोड्न दबाब दिइरहेको छ । समाचारका अनुसार निकले बिहेअघि प्रियंकालाई सरल र कुल केटीका रुपमा लिएका थिए । तर, अहिले व्यवहार बदलिएको छ । प्रियंकाले निकलाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेकी छिन् ।

यो जोडीले हिन्दू र क्रिस्चियन धर्म अनुसरण गर्दै दुवै धर्मअनुसार बिहे गरेका थिए । समाचारलाई ओके म्यागजिनले आफ्नो कभर स्टोरी बनाएर छापेको छ ।

प्रियंकाको परिवारले भने समाचारलाई हावादारी भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५२ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको