भाडादर कायम नहुँदा वीर अस्पतालको 'क' वर्गका एम्बुलेन्स थन्किए | Khabarhub Khabarhub

भाडादर कायम नहुँदा वीर अस्पतालको ‘क’ वर्गका एम्बुलेन्स थन्किए


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गम्भीर अवस्थाका बिरामीको सहजताको लागि वीर अस्पतालले पहिलो पटक ‘क’ वर्गका ३ वटा एम्बुलेन्स खरिद गर्‍यो । वीर अस्पतालले अघिल्लो आर्थिक वर्षको बजेटमा उक्त तीनवटा एम्बुलेन्स ४० लाखका दरले १ करोड २० लाखमा खरिद गरेको थियो ।

गत पुस २० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्धारा एम्बुलेन्सको उद्घाटन गरियो । सोही दिनबाट उक्त एम्बुलेन्स सञ्चालनमा आएको घोषणा पनि भयो । तर सञ्चालनमा आएको घोषणा भएको ३ महिना वित्न लाग्दा समेत एम्बुलेन्स प्रभावकारी रुपमा संचालनमा आएको छैन ।

सञ्चालन कार्यविधि नबन्दै हतारमा उद्घाटन गरिएका ती एम्बुलेन्स अहिले ट्रमा सेन्टर र वीर अस्पताल परिसरमा थन्किएका छन् ।

वीर अस्पतालले ल्याएको क वर्गको बा २ झ ४२६७ र बा २ झ ४२६८ नम्बरको एम्बुलेन्स राष्ट्रिय ट्रमा सेन्टरको खुल्ला स्थानमा धूलाम्मे भएर बसेको छ । यस्तै अर्कोे एम्बुलेन्स वीर अस्पताल परिसरमा थन्किएको छ ।

एम्बुलेन्स सञ्चालन कार्यविधि नबन्दा सञ्चालनमा ल्याउन नसिकएको वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले खबरहबलाई बताए ।

‘वीर अस्पतालमा क वर्गको एम्बुलेन्स पहिलोपटक आएको हो । एम्बुलेन्स सञ्चालन गर्न कार्यविधि चाहिन्छ, कार्यविधि बनाउँन अस्पतालले समिति गठन गरेका थियो, त्यो समितिले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाइसकेको छ,’ सेञ्चुरीले भने, ‘म भर्खरै आएकाले मैले पनि पढ्न पाएको छैन, छिट्टै न्यान्सको उपकुलपतिबाट कार्यविधि स्वीकृत गराएर संचालन गछौं ।’

अस्पतालमा ल्याएको क वर्ग तीन एम्बुलेन्समा आइसियूसहित, माइनर ओटी, अत्यावश्यक औषधि, ह्वीलचियर, ट्रली, स्पाइनल बेड, भेन्टिलेटर, कार्डियाक डिफिबिलेटरलगायत सेवा तथा उपकरण जडान गरिएको छ ।

सुविधा सम्पन्न एम्बुलेन्स भएकाले यसअघि वीर अस्पतालमा संचालित एम्बुलेन्सको भन्दा बढी भाडा कायम गर्ने योजना बनाएको छ । नयाँ एम्बुलेन्सको बढी भाडा कसरी र के आधारमा कायम गर्ने भन्ने विषयमा अस्पताल आफै अन्यौलमा छ ।

‘हामीले जटिल किसिमका बिरामीलाई सेवा दिने उदेश्यले ल्याएका हौं,’ निर्देशक सेञ्चुरीले भने, ‘एम्बुलेन्सको भाडादर पहिलाको पनि छ तर यो एम्बुलेन्स सुविधासम्पन्न भएकाले बढी भाडा कायम गर्ने भन्ने निर्णय भएको छ, तर कति र कसरी बढी भाडा कायम गर्ने भन्ने विषयमा टुंगोमा पुगेको छैन ।’

उक्त उम्बुलेन्समा हार्टअट्याक, ब्रेन अट्याक, प्रसुती, हेड इञ्जुरी लगायत तत्काल जीवन रक्षाको जरुरी भएका बिरामीमा लागि उपयोगी हुने सेञ्चुरीले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५८ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा