भाडादर कायम नहुँदा वीर अस्पतालको ‘क’ वर्गका एम्बुलेन्स थन्किए « Khabarhub

भाडादर कायम नहुँदा वीर अस्पतालको ‘क’ वर्गका एम्बुलेन्स थन्किए


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गम्भीर अवस्थाका बिरामीको सहजताको लागि वीर अस्पतालले पहिलो पटक ‘क’ वर्गका ३ वटा एम्बुलेन्स खरिद गर्‍यो । वीर अस्पतालले अघिल्लो आर्थिक वर्षको बजेटमा उक्त तीनवटा एम्बुलेन्स ४० लाखका दरले १ करोड २० लाखमा खरिद गरेको थियो ।

गत पुस २० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्धारा एम्बुलेन्सको उद्घाटन गरियो । सोही दिनबाट उक्त एम्बुलेन्स सञ्चालनमा आएको घोषणा पनि भयो । तर सञ्चालनमा आएको घोषणा भएको ३ महिना वित्न लाग्दा समेत एम्बुलेन्स प्रभावकारी रुपमा संचालनमा आएको छैन ।

सञ्चालन कार्यविधि नबन्दै हतारमा उद्घाटन गरिएका ती एम्बुलेन्स अहिले ट्रमा सेन्टर र वीर अस्पताल परिसरमा थन्किएका छन् ।

वीर अस्पतालले ल्याएको क वर्गको बा २ झ ४२६७ र बा २ झ ४२६८ नम्बरको एम्बुलेन्स राष्ट्रिय ट्रमा सेन्टरको खुल्ला स्थानमा धूलाम्मे भएर बसेको छ । यस्तै अर्कोे एम्बुलेन्स वीर अस्पताल परिसरमा थन्किएको छ ।

एम्बुलेन्स सञ्चालन कार्यविधि नबन्दा सञ्चालनमा ल्याउन नसिकएको वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले खबरहबलाई बताए ।

‘वीर अस्पतालमा क वर्गको एम्बुलेन्स पहिलोपटक आएको हो । एम्बुलेन्स सञ्चालन गर्न कार्यविधि चाहिन्छ, कार्यविधि बनाउँन अस्पतालले समिति गठन गरेका थियो, त्यो समितिले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाइसकेको छ,’ सेञ्चुरीले भने, ‘म भर्खरै आएकाले मैले पनि पढ्न पाएको छैन, छिट्टै न्यान्सको उपकुलपतिबाट कार्यविधि स्वीकृत गराएर संचालन गछौं ।’

अस्पतालमा ल्याएको क वर्ग तीन एम्बुलेन्समा आइसियूसहित, माइनर ओटी, अत्यावश्यक औषधि, ह्वीलचियर, ट्रली, स्पाइनल बेड, भेन्टिलेटर, कार्डियाक डिफिबिलेटरलगायत सेवा तथा उपकरण जडान गरिएको छ ।

सुविधा सम्पन्न एम्बुलेन्स भएकाले यसअघि वीर अस्पतालमा संचालित एम्बुलेन्सको भन्दा बढी भाडा कायम गर्ने योजना बनाएको छ । नयाँ एम्बुलेन्सको बढी भाडा कसरी र के आधारमा कायम गर्ने भन्ने विषयमा अस्पताल आफै अन्यौलमा छ ।

‘हामीले जटिल किसिमका बिरामीलाई सेवा दिने उदेश्यले ल्याएका हौं,’ निर्देशक सेञ्चुरीले भने, ‘एम्बुलेन्सको भाडादर पहिलाको पनि छ तर यो एम्बुलेन्स सुविधासम्पन्न भएकाले बढी भाडा कायम गर्ने भन्ने निर्णय भएको छ, तर कति र कसरी बढी भाडा कायम गर्ने भन्ने विषयमा टुंगोमा पुगेको छैन ।’

उक्त उम्बुलेन्समा हार्टअट्याक, ब्रेन अट्याक, प्रसुती, हेड इञ्जुरी लगायत तत्काल जीवन रक्षाको जरुरी भएका बिरामीमा लागि उपयोगी हुने सेञ्चुरीले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५८ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक