प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड « Khabarhub

प्राकृतिक कारणले नै गैंडा मर्न थालेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।

२ वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पुर्‍याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ ओटा गैँडा मरिसकेका छन् ।

चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत थप २ गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताए ।

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उनले बताए । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा १/१ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ ।

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब  २५ लाख रुपैयाँ खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ ।

यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । १ करोड २० लाख रुपैयाँ खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् ।

उनले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताए । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : ३५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय