ओखलढुङ्गा जीप दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो | Khabarhub Khabarhub

ओखलढुङ्गा जीप दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा–  ओखलढुङ्गाको मानेभन्ज्याङमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत भएको छ ।

खोटाङको हलेसीबाट काठमाडौँ जाँदै गरेको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार  जीप दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पा छन् ।

त्यैसैगरी डोमा शेर्पा र नुमा शेर्पाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक कृष्ण श्रेष्ठका अनुसार जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ३१ बजे

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री,

अग्रता जोगाउँन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले काठमाडौं रेजर्ससँग

पर्यटन प्रवर्द्धनका लागि इच्छाकामनामा मेला

चितवन – पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध