प्रदेश तीनमा जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु | Khabarhub Khabarhub

प्रदेश तीनमा जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा अस्पतालबाट प्रदेश नंम्बर ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

“तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”,उनले भने, हामीले जनतामा रोग छ वा छैन भनेर परिक्षण गराउँने हो । रोग लागेको भए उहाँहरुले चाहेको स्थानमा उपचार गर्न सक्नुहुन्छ ।”

कार्यक्रम अन्तर्गत १६ किसिमका स्वास्थ्य परीक्षा निःशुल्क हुनेछ । हेटौँडाबाट शुरु भएको उक्त कार्यक्रम प्रदेश ३ का अन्य जिल्लाका अस्पतालमा पनि शुरु गरिने मुख्यमन्त्री पौडेलले बताए । हेटौँडा अस्पताललाई पनि मेडिकल कलेजको रूपमा विकास गर्दै लैजाने मुख्यमन्त्री पौडेलले बताए ।

कार्यक्रममा प्रदेश तीनका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले स्वस्थ रहनका लागि व्यक्तिले सरसफाइ र खानपिनमा विशेष जोड दिनुपर्ने र स्वास्थ्यजाँच नियमित गराउनुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएर ठूलो रोग लाग्दा मात्र स्वास्थ्य संस्था पुग्ने, असहाय र शहीद परिवारका लागि स्थानीय निकायको सिफारिसमा मात्र जाँच गराउने जानकारी दिए ।

यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताए ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि यस कार्यक्रको लागि चाहिने रकम तीन करोड २० लाख बजेट छुट्याइएको र पाँचवटा स्थानीय तहका अस्पतालमा दुई/दुई हजारमा व्यक्तिको स्वाथ्यपरीक्षण गरिनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : ३१ बजे

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी

लगानी सम्मेलनको पूर्वतयारीबारे छलफल

काठमाडौं – तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ५,

एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको भन्दै