प्रदेश तीनमा जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु « Khabarhub

प्रदेश तीनमा जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा अस्पतालबाट प्रदेश नंम्बर ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

“तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”,उनले भने, हामीले जनतामा रोग छ वा छैन भनेर परिक्षण गराउँने हो । रोग लागेको भए उहाँहरुले चाहेको स्थानमा उपचार गर्न सक्नुहुन्छ ।”

कार्यक्रम अन्तर्गत १६ किसिमका स्वास्थ्य परीक्षा निःशुल्क हुनेछ । हेटौँडाबाट शुरु भएको उक्त कार्यक्रम प्रदेश ३ का अन्य जिल्लाका अस्पतालमा पनि शुरु गरिने मुख्यमन्त्री पौडेलले बताए । हेटौँडा अस्पताललाई पनि मेडिकल कलेजको रूपमा विकास गर्दै लैजाने मुख्यमन्त्री पौडेलले बताए ।

कार्यक्रममा प्रदेश तीनका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले स्वस्थ रहनका लागि व्यक्तिले सरसफाइ र खानपिनमा विशेष जोड दिनुपर्ने र स्वास्थ्यजाँच नियमित गराउनुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएर ठूलो रोग लाग्दा मात्र स्वास्थ्य संस्था पुग्ने, असहाय र शहीद परिवारका लागि स्थानीय निकायको सिफारिसमा मात्र जाँच गराउने जानकारी दिए ।

यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताए ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि यस कार्यक्रको लागि चाहिने रकम तीन करोड २० लाख बजेट छुट्याइएको र पाँचवटा स्थानीय तहका अस्पतालमा दुई/दुई हजारमा व्यक्तिको स्वाथ्यपरीक्षण गरिनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : ३१ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस