मानव तस्करी रोक्न सरकार र आयोगबीच समन्वयको अभाव « Khabarhub

मानव तस्करी रोक्न सरकार र आयोगबीच समन्वयको अभाव


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकार र राष्ट्रिय अधिकार आयोगबीच मानव तस्करीका मुद्दामा तालमेल नमिल्दा रोजगारी नाममा मानव तस्करी बढने गरेको सरोकारवालाहरुले दाबी गरेका छन् ।

आयोगले राजधानीमा आइतबार गरेको कार्याक्रल बोल्न अधिकांश वक्ताले मानव तस्करी रोक्न सरकारले आयोगबिच समन्वयन नगर्दा रोजगारी तथा अन्य बाहानामा मानव तस्करी हुने गरेको आरोप लगाएका हुन् ।

मानव तस्करीका विषयमा सरकार र आयोगबिच कतिपय मुद्दामा समन्वयन नहुने गरेको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बताइन् ।

उनले भनिन, ‘पछिल्लो समय रोजगारीका नाममा मानव तस्करी बढ्दो छ । यो गम्भीर खालको मानवीय अपराध र तस्करी हो । रोजगारीको प्रलोभनमा भइरहेको मानव तस्करी रोक्न सरकार र आयोग एकै ठाँउ उभिएर काम गर्नुपर्छ । अन्यथा समस्या जटिल बन्दै जान्छ । आयोग र सरकारबीच तालमेल नमिल्दा तस्करीमा संग्लन अपराधीले उन्मुक्ति पाइरहेका छन् ।’

सरकार र आयोगका लागि रोजगारीका नाममा भइरहेको महिला बेचविखन र मानव तस्करी चुनौतीको विषय बन्दै गएको उनको भनाइ थियो ।

सरकारले मानव तस्करी र रोजगारीमा नाममा भइरहेको मानव बेचविखनका मुद्दालाई फरक–फरक कानून बनाएर हेर्नुपर्ने पत्रकार तीर्थ कोईरालाले बताए । वैदेशिक रोजगारीसँग जोडिएको मानव बेचविखनका मुद्दालाई सरकार र आयोग गम्भीर भएर काम नगरे भविष्यमा यो विषय जटिल बन्दै जाने उनले बताए ।

यस्तै, पत्रकार दिनेश रेग्मीले तस्करले रुट नै परिवर्तन गरेर नेपाली महिलाहरुलाई मलेसिया, खाडीका देश र अन्य देश तस्कर गरिरहेको बताए । रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न सरकार र आयोगले सयुक्त अभियान चलाउने पर्ने उनको भनाइ छ ।

विकशित देशको रोजगारीमा लगाई दिने भन्दै नेपाली महिलालाई भारत हुदै खाडीका देश, मलेसिया र अन्य देश तस्करी भइरहेको प्रति सरकार गम्भीर नभएको कार्याक्रमका वक्ताले आरोप लगाए ।

नेपालबाट विभिन्न नाका हुदै दैनिक सयभन्दा धेरै महिला तस्करी भइरहेको यो क्षेत्रमा काम गदै आएका विभिन्न संघसस्थाले बताउदै आएका छन् ।

तस्करीमा पर्ने महिला अशिक्षित र रोजगारीमा जाने देशका विषयमा जानकारविहीन हुन्छन् । पछिल्लो समय शिक्षित युवा नै तस्करीको निशानमा पर्ने गरेका छन् । यसरी तस्करीमा परेका युवा युवतीलाई उद्दार गर्ने सरकारलाई समस्या भइरहेको छ ।

उद्धार गरिएका पीडितले समस्या र तस्करमा संलग्न व्यक्तिका विषयमा यर्थात नबताउदा पनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन नसकिएको प्रहरीले बताउदै आएको छ ।

आयोगमा वार्षिक २ सयभन्दा धेरै रोजगारीका नाममा हुने तस्करीका उजुरी पर्ने गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : २३ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान