आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याँउ-ख्याँउ : मन्त्री बाँस्कोटा « Khabarhub

आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याँउ-ख्याँउ : मन्त्री बाँस्कोटा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रेस स्वतातन्त्रतका नाममा मिडिया आतंक मच्चाएको आरोप लगाएका छन् ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रताका सावलमा सरकार गम्भिर रहेको भन्दै स्वतन्त्रता कुनै पनि हालतमा अपहरित नहुने स्पष्ट पारेका हुन् ।

उनले भने “ प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । केही पनि हुदैन । ज्ञानेन्द्रसंग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाईरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष, उद्देश्य , लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो । कसैले जनताको अधिकारका निम्ति संगसंगै लडेर आएको छ । ७ साल देखि नै लडेर आएको छ । सधै यो कुरा किन उठाउनुहुन्छ । मलाई अच्चम लाग्छ ।”

स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गर्दै उनले अघि भने “प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन । सरकारमाथि ख्याँउ ख्याँउ अचम्म लाग्छ । ”

नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह समेत गरे ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति आक्रोश पोख्दै उनले भने “कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कसले टुईटरमा लगाउने भन्या छ ? पैसा चाहि तिर्नु पर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि ? ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन ? हामीले सम्वृद्ध राष्ट्र बनाउने भन्या छौं । विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?”

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : १० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको