दूतावासभित्र छिरेर सामान लुट्नु आतंककारी आक्रमणः उत्तर कोरिया « Khabarhub

दूतावासभित्र छिरेर सामान लुट्नु आतंककारी आक्रमणः उत्तर कोरिया


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– स्पेनको राजधानी मड्रिडमा रहेको राजदूतावासमा जबरजस्ती भित्र छिरेर सञ्चारका उपकरण लुट्ने कार्य गम्भीर आतंककारी आक्रमण भएको उत्तर कोरियाले जनाएको छ ।

गत महिना मड्रिडमा रहेको आफ्नो राजदूतावासमा केही मानिसहरुको समूह जबरजस्ती प्रवेश गरी सञ्चार सामग्री लुटेको विषयमा उत्तर कोरियाली विदेशमन्त्रालयले यसलाई आतंककारी आक्रमणको संज्ञा दिएको हो ।

विदेशमन्त्रालयलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार गत महिना भएको उक्त घटनाका क्रममा केही मानिसहरुको समूहले मड्रिडमा रहेको राजदूतावासभित्र जबरजस्ती प्रवेश गरी राजदूतावासका अधिकारीलाई धम्क्याएको, कुटपिट गरी यातना दिएको र सञ्चारका सामग्री लुटेर लगेका थिए ।

त्यसबाहेक केसीएनएले घटनाबारे तत्काल छानविन गर्न समेत माग गरिको समेत जनाएको छ । त्यस घटनामा अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआई र उत्तर कोरियाविरोधी समूहको हात रहेको हल्ला समेत सुनिएको उत्तर कोरियाली विदेशमन्त्रालयको भनाइ छ ।

‘हामी धैर्य गरेर परिणाम पर्खिरहेका छौँ ।’ उत्तर कोरियाली विदेशमन्त्रालयका प्रतिनिधिलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।

गत महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दोश्रो शिखर वार्ता हुनेअघि मड्रिडमा रहेको उत्तर कोरियाली राजदूतावासभित्र पसेर केही मानिसहरुले सञ्चारका सामग्री लिएर भागेका थिए ।

स्पेनी अधिकारीले भने घटनामा संलग्न रहेका भन्दै दुई जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका छन् । ती दुई जना भागेर अमेरिका पुगेको हुनसक्ने बताइएको छ ।

यस घटनाको जिम्मा भने आफूलाई उत्तर कोरियामा मानव अधिकारको प्रवद्र्धन गर्न समूह बताउने चेयोलिमा सिभिल डिफेन्स नामक समूहले लिएको थियो ।

घटनाबारे उत्तर कोरियाले सार्वजनिक गरेको यो पहिलो आधिकारिक वक्तव्य हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : २० बजे

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६