दूतावासभित्र छिरेर सामान लुट्नु आतंककारी आक्रमणः उत्तर कोरिया « Khabarhub

दूतावासभित्र छिरेर सामान लुट्नु आतंककारी आक्रमणः उत्तर कोरिया


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– स्पेनको राजधानी मड्रिडमा रहेको राजदूतावासमा जबरजस्ती भित्र छिरेर सञ्चारका उपकरण लुट्ने कार्य गम्भीर आतंककारी आक्रमण भएको उत्तर कोरियाले जनाएको छ ।

गत महिना मड्रिडमा रहेको आफ्नो राजदूतावासमा केही मानिसहरुको समूह जबरजस्ती प्रवेश गरी सञ्चार सामग्री लुटेको विषयमा उत्तर कोरियाली विदेशमन्त्रालयले यसलाई आतंककारी आक्रमणको संज्ञा दिएको हो ।

विदेशमन्त्रालयलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार गत महिना भएको उक्त घटनाका क्रममा केही मानिसहरुको समूहले मड्रिडमा रहेको राजदूतावासभित्र जबरजस्ती प्रवेश गरी राजदूतावासका अधिकारीलाई धम्क्याएको, कुटपिट गरी यातना दिएको र सञ्चारका सामग्री लुटेर लगेका थिए ।

त्यसबाहेक केसीएनएले घटनाबारे तत्काल छानविन गर्न समेत माग गरिको समेत जनाएको छ । त्यस घटनामा अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआई र उत्तर कोरियाविरोधी समूहको हात रहेको हल्ला समेत सुनिएको उत्तर कोरियाली विदेशमन्त्रालयको भनाइ छ ।

‘हामी धैर्य गरेर परिणाम पर्खिरहेका छौँ ।’ उत्तर कोरियाली विदेशमन्त्रालयका प्रतिनिधिलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।

गत महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दोश्रो शिखर वार्ता हुनेअघि मड्रिडमा रहेको उत्तर कोरियाली राजदूतावासभित्र पसेर केही मानिसहरुले सञ्चारका सामग्री लिएर भागेका थिए ।

स्पेनी अधिकारीले भने घटनामा संलग्न रहेका भन्दै दुई जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका छन् । ती दुई जना भागेर अमेरिका पुगेको हुनसक्ने बताइएको छ ।

यस घटनाको जिम्मा भने आफूलाई उत्तर कोरियामा मानव अधिकारको प्रवद्र्धन गर्न समूह बताउने चेयोलिमा सिभिल डिफेन्स नामक समूहले लिएको थियो ।

घटनाबारे उत्तर कोरियाले सार्वजनिक गरेको यो पहिलो आधिकारिक वक्तव्य हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : २० बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट