अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई « Khabarhub

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गरेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १२ : ०३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले