बाँके र बर्दिया भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

बाँके र बर्दिया भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँके र बर्दियामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन दिनमा ६ जनाले ज्यान गुमाएका छन । बाँकेको कोहलपुर, नेपालगन्ज र बर्दियाको बारबर्दियामा शुक्रबारदेखि आईतबार सम्म भएको दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका हुन् ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा ५ र कोहलपुर–नेपालगन्ज सडक खण्डमा १ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शुक्रबार बेलुकी कोहलपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोहलपुरको मदन चोकमा पश्चिम तिर गइरहेका भे. ८. प २१६५ र भे. ७. प १४२० नम्बरका स्कुटरलाई पश्चिमतर्फबाट आइरहेको बा. १५. च २०९६ नम्बरको स्कार्पियो गाडीले ठक्कर दिएपछि दुबै स्कुटर चालकहरुको मृत्यु भएको थियो । गाडीको ठक्कर बाट गम्भीर घाइते भे ८ प २१६५ कि चालक ठाकुरबाबा नगरपालिका ८ बर्दियाकि उषा चौधरी र भे ७ प १४२० नम्बरको चालक बैजनाथ ६ बाँकेका लोक बहादुर शाहीको उपचारका क्रमका नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक उषा चौधरी नेपालगन्जमा भएको ब्युटिशियन सम्मेलनमा भाग लिएर घर फर्किदै गर्दा दुर्घटनामा परेकी हुन ।

त्यस्तै बर्दियामा आइतबार बिहान मोटरसाईकल दुर्घटना परेर तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको बारबर्दिया नगरपालिका–९, बनगाइमा दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी, कृष्णा चौधरी र बारबर्दिया नगरपालिका ९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीनै जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका कारकाँदो स्थित सिर्दाथ भ्यु नजीकै ट्रकको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ । साइकलमा नेपालगन्जतर्फ गईरहेका नेपालगन्ज २० मनिकापुरका बलराम मिश्रलाई बा ८ ख १६८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेज लगेपनी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ३५ बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र