कोरियन भाषा परीक्षाका लागि ९३ हजार बढीको आवेदन « Khabarhub

कोरियन भाषा परीक्षाका लागि ९३ हजार बढीको आवेदन


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढ्दो देखिएको छ । कोरिया भाषा परीक्षाका लागि युवाहरले दिएको आवेदनले कोरिया रोजगारी प्रति उनीहरुको मोह कत्ति बढी रहेछ भन्ने प्रष्ट्याएको हो । त्यतिमात्र नभएर विगतका वर्षमा भन्दा यस वर्ष बढी आवेदन पर्नुले पनि थप पुष्टि गरेको हो ।

सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ईपीएस शाखाले चैत ८ देखि १७ गतेसम्मका लागि आवेदनको समयसिमा तोकेको थियो । यो ९ दिनको अवधि सकिन केही घण्टा मात्र बाँकी छ । आइतबार राति १२ बजेसम्म ईपीएस कोरिया भाषाका लागि फारम भर्न पाइने छ । तर, बेलुका ६ बजेभित्रमा मात्रै ९३ हजार युवाले आवेदन दिइसहेको वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जानकारी दिएको छ । ईपीएस शाखाका अनुसार आवदेन भर्नेको संख्या अझै केही बढ्न सक्ने छ ।

सन् २०१९ मा कोरियाले नेपालबाट १० हजार २ सय कामदारका लागि कोटा छुट्टयाएको छ । जसका लागि ९३ हजार युवाले आवेदन दिइसकेको ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र कृषितर्फ ३ हजार १ सय ५० जना कामदार लैजाने घोषणा गरेको उनले बताए ।

आइतबार ६ बजेसम्मको आवेदनलाई तुलना गर्ने हो भने गत वर्षको भन्दा यो आवेदन ११ हजारले बढी भएको ईपीएस शाखाका प्रमुख खनालले बताए । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ ले आवेदन फारम भरेका थिए ।

त्यस्तै, सन् १०१७ मा ६८ हजार ३ सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने ७ हजार ९ सय ९६ जना कोरिया गइसकेका छन् । गएका १० वर्षमा भाषामार्फत ५८ हजारभन्दा धेरै युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जानकारी दिएको छ ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको थियो । यो अवधिमा ४ लाख ८३ हजार ४९ जनाले कोरियन भाषा परीक्षामा सहभागिता जानएका छन् ।

क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि र प्रमाणपत्रलाई आधार लिइने ईपीए कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको १ सय १० अंकको परीक्षा हुन्छ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।

जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुन्छ । परिक्षाका लागि कोरियाको रोजगार मन्त्रालयको टोली नै आउने गरेको शाखाले जानकारी दिएको छ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ४३ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई