कोरियन भाषा परीक्षाका लागि ९३ हजार बढीको आवेदन | Khabarhub Khabarhub

कोरियन भाषा परीक्षाका लागि ९३ हजार बढीको आवेदन


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढ्दो देखिएको छ । कोरिया भाषा परीक्षाका लागि युवाहरले दिएको आवेदनले कोरिया रोजगारी प्रति उनीहरुको मोह कत्ति बढी रहेछ भन्ने प्रष्ट्याएको हो । त्यतिमात्र नभएर विगतका वर्षमा भन्दा यस वर्ष बढी आवेदन पर्नुले पनि थप पुष्टि गरेको हो ।

सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ईपीएस शाखाले चैत ८ देखि १७ गतेसम्मका लागि आवेदनको समयसिमा तोकेको थियो । यो ९ दिनको अवधि सकिन केही घण्टा मात्र बाँकी छ । आइतबार राति १२ बजेसम्म ईपीएस कोरिया भाषाका लागि फारम भर्न पाइने छ । तर, बेलुका ६ बजेभित्रमा मात्रै ९३ हजार युवाले आवेदन दिइसहेको वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जानकारी दिएको छ । ईपीएस शाखाका अनुसार आवदेन भर्नेको संख्या अझै केही बढ्न सक्ने छ ।

सन् २०१९ मा कोरियाले नेपालबाट १० हजार २ सय कामदारका लागि कोटा छुट्टयाएको छ । जसका लागि ९३ हजार युवाले आवेदन दिइसकेको ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र कृषितर्फ ३ हजार १ सय ५० जना कामदार लैजाने घोषणा गरेको उनले बताए ।

आइतबार ६ बजेसम्मको आवेदनलाई तुलना गर्ने हो भने गत वर्षको भन्दा यो आवेदन ११ हजारले बढी भएको ईपीएस शाखाका प्रमुख खनालले बताए । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ ले आवेदन फारम भरेका थिए ।

त्यस्तै, सन् १०१७ मा ६८ हजार ३ सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने ७ हजार ९ सय ९६ जना कोरिया गइसकेका छन् । गएका १० वर्षमा भाषामार्फत ५८ हजारभन्दा धेरै युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जानकारी दिएको छ ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको थियो । यो अवधिमा ४ लाख ८३ हजार ४९ जनाले कोरियन भाषा परीक्षामा सहभागिता जानएका छन् ।

क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि र प्रमाणपत्रलाई आधार लिइने ईपीए कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको १ सय १० अंकको परीक्षा हुन्छ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।

जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५/२५ गरी ५० मिनेटको परीक्षा हुन्छ । परिक्षाका लागि कोरियाको रोजगार मन्त्रालयको टोली नै आउने गरेको शाखाले जानकारी दिएको छ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ४३ बजे

म्याग्दीमा १२ जलविद्युत् आयोजना बन्दै

म्याग्दी – कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत्

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम – कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर

शुक्रबारका लागि कुन सागसब्जी र फलफूलको मूल्य कति ?

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू

संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज