ललितपुरबाट काठमाडौं सर्‍यो रक्तसञ्चार केन्द्र « Khabarhub

ललितपुरबाट काठमाडौं सर्‍यो रक्तसञ्चार केन्द्र


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बालकुमारीमा रहको रक्तसञ्चार केन्द्र काठमाडौंको ताहचलमा सरेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रले आइतबार (आज) देखि ताहचलबाटसेवा शुरु गरेको हो । सेवाग्राहीको सुविधालाई ध्यान दिँदै केन्द्र नयाँ ठाउँमा सारेको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।

विसं २०२० भदौमा स्थापना भएको सोसाइटीले विसं २०२३ देखि रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । रगत जमा गर्ने बैंकका रुपमा विकास गरिएको रक्तसञ्चार केन्दले हाल देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको जनाएको छ ।

केन्द्रका १६ कार्यालयमा रगतको प्लाज्मा विकास गर्न सक्ने जनशक्ति तथा सेवा सञ्चालन गरिएको छ । केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले केन्द्रले देशभर वार्षिक तीन लाख ४४ हजार ९३३ पिन्ट रगत वितरण गरेको जानकारी दिइन् ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सेवा प्रवाह गर्ने विषय संवेदनशील भएको बताउँदै यस क्षेत्रमा राम्रो र गुणस्तरीय सेवा प्रदान गर्न केन्द्रीय कार्यालयमा करीब एक करोड ७६ लाखको लागतमा भवन निर्माण, फर्निचर व्यवस्थापन र केही प्रविधि थप गरिएको जानकारी दिए । केन्द्रले दाताले निःशुल्क उपलब्ध गराएको रगत बिरामीलाई पनि निःशुल्क प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : १५ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ