असिनाले बालीनाली नष्ट « Khabarhub

असिनाले बालीनाली नष्ट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ ।

हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिए ।

आइतबार अपराह्न वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा सामान्यतया जाडो वृद्धि भएको छ ।

यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । तरकारीका टनेल, फलफूलका बालीको क्षतिका साथै कतिपयको घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह