कुन रङ्गले के कुराको संकेत गर्छ ? जानी राखौँ मनोवैज्ञानिक सांकेतिक अर्थ | Khabarhub Khabarhub

कुन रङ्गले के कुराको संकेत गर्छ ? जानी राखौँ मनोवैज्ञानिक सांकेतिक अर्थ


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सात रङ्गलाई विशेष अर्थकासाथ हेर्ने गरिन्छ । त्यसमा पनि हिन्दूधर्ममा देवी-देवता तथा पूजामा त्यसैअनुसार रङ्गको प्रयोग गरिन्छ । तर रङ्गको प्रयोग धार्मिकमात्र नभएर मनौवैज्ञानिक सांकेतिक अर्थले पनि विशेष छ । विभिन्न रङ्गले हाम्रो दैनिक जीवनमा उपयोगिताका साथसाथै नव-स्फुर्ति, सुन्दरता तथा कल्याणको सन्देश दिन्छ । हाम्रो स्वास्थ्य तथा मन भित्र पनि रङ्गहरुको प्रबल प्रभाव रहने गर्छ ।

सबै रङ्ग सूर्यबाट प्राप्त हुने किरणहरुको प्रभावले बन्दछ । सूर्यको प्रकाशमा सबै रङ्गको समिश्रण हुन्छ । सूर्यको छत्रछायामा अनेक प्रकारका वनस्पति तथा जीवहरु हुर्किएका हुन्छन् । यसै प्रकार हरियो, रातो तथा निलो रङ्गले मानिसको स्वस्थ, यशस्वी तथा गौरभशाली बनाउँछ ।

यसैगरी विभिन्न रङ्गले रोगहरुको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । रातो रङ्गको मुख्य विशेषता स्नायु तथा रगतको क्रियाशिलतालाई बढाउनु हो । यसैगरी एड्रिनल ग्रन्थी तथा संवेगका अंगहरुलाई उत्तेजित गर्ने काममा पनि रातो रङ्गको महत्वपूर्ण भूमिका रहन्छ ।
आउनुहोस् रङ्गहरुको मनोवैज्ञानिक तथा विशेषताबारे बुझौँ ।

रातो रङ्ग

रातो रङ्गले मानिसको शरीरलाई स्वस्थ तथा मन हर्षित गर्छ । यसले शरीरको स्वास्थ्य सुधार तथा मन प्रसन्न राख्छ । यस्तै रातो रङ्गले आत्मगौरभ प्रकट पनि गर्छ । रातो टिका शौर्य एवं विजयको प्रतिक हो । प्रायः सबै देवी-देवताको प्रतिमामा रातो टिका लगाइन्छ । हिन्दू धर्ममा रातो रङ्गले तिनै देवी–देवतालाई सुसज्जित गरिन्छ । जसले परम मंगलकारी, धन, तेज, शौर्य तथा पराक्रमको प्रकट गर्दछ ।

हर्ष, खुशीको अवसरलाई रातो रङ्गले प्रकट गर्छ । विवाह, जन्म, विभिन्न उत्सवहरुलाई झल्काउनु पर्‍यो भने रातो रङ्गबाट नै प्रकट गरिन्छ । नारीको सिउँदोमा रातो सिन्दुरले उसको सौन्दर्य बढाइरहेका हुन्छ । यसका साथै अटल शौभाग्य तथा पति प्रेम पनि यसले प्रकट गरिरहेको हुन्छ । रातो रङ्गले धन, सम्पत्ति, समृद्धि तथा शुभ-लाभलाई दर्शाइरहेको हुन्छ ।

गेरु रङ्ग

यो रङ्ग त्याग, तपस्या तथा वैराग्यको हो । यो रङ्ग आध्यात्मिकताको प्रतिक हो । यो धार्मिक ज्ञान, तप, संयम तथा वैराग्यको रङ्ग हो । शुभ संकल्पको सूचकको रुपमा पनि यो रङ्गलाई लिइन्छ । यो रङ्ग धारण गर्नेहरु आफ्नो कर्तव्य तथा नैतिक उन्नति प्रति सँधै दृढ हुन्छन् ।

हरियो रङ्ग

हरियो रङ्ग समस्त प्रकृतिमा व्याप्त छ । यो बोटबिरुवा, कृषिलगायत सबै क्षेत्रलाई सुन्दर बनाउन मधुर रंग हो । यसले मनलाई शान्ति तथा हृदयलाई शीतलता प्रदान गर्दछ । मानिसलाई सुख, शान्ति, स्फूर्ति दिने रङ्गको रुपमा हरियो रङ्गलाई लिइन्छ । ऋषिमुनीहरुले पनि आफ्नो आध्यात्मिक उन्नति हरियो पहाड, जंगललगायतका शान्त वातावरणबाट नै गरेका थिए । संसारकै महान ग्रन्थ, मौलिक विचार, प्राचीन शास्त्र, वेद-पुराण आदि उत्तम ग्रन्थ हरियो शान्त वातावरणमा नै लेखिएको थियो ।

पहेलो रङ्ग

यो रङ्गलाई ज्ञान तथा विद्या, सुख–शान्ति, अध्ययन, विद्वता, योग्यता, एकाग्रता, मानसिक तथा बौद्धिक उन्नतिको प्रतिकको रुपमा लिइन्छ । पहेलो रङ्गले मस्तिष्कलाई प्रफुल्लित तथा उत्तेजित गर्दछ । भगवान विष्णुको वस्त्र पनि पहेलो नै छ । पहेलो वस्त्र उनको असिम ज्ञानको द्योतक पनि हो । यस्तै भगवान श्रीकृष्ण पनि पिताम्बरबाट सुसज्जित थिए । भगवान गणेशको धोती पहेलो र दोपट्टा निलो या हरियो राखिन्छ ।

निलो रङ्ग

सृष्टिकर्ताले विश्वमा निलो रङ्ग सर्वाधिक रुपमा प्रयोग गरेका छन् । हाम्रो शीरमाथि विस्तृत अनन्त निलवर्णको आकाश रहेको छ । यस्तै मुनी सृष्टिमा समुद्र पनि निलो रङ्गकै छ । मनोविज्ञानअनुसार निलो रङ्ग बल, पुरुषार्थ तथा वीर भावको प्रतिक हो । मर्यादा पुरुषोत्तम श्री राम तथा पुरुषोत्तम योगेश्वर श्रीकृष्ण भगवान दुवैले सम्पुर्ण मानवताको रक्षा एवं दानवताविरुद्ध युद्ध गरेर आजीवन व्यथित गरेका थिए । यी देवताको वर्ण पनि निलो नै रहेको थियो । भगवान शिवलाई निलकण्ठ भनिन्छ । सागर मन्थन गर्दा त्यहाँबाट विष निस्किएको र यही विष पृथ्वीमा फाल्दा सर्वनाश हुने खतराले भगवान शिवले त्यसलाई सेवन गरी कण्ठमा राखेको हुनाले उनलाई निलकण्ठ भनिएको धार्मिक शास्त्रमा उल्लेख छ ।

सेतो रङ्ग

सेतो रङ्ग सात रङ्गको मिश्रण हो । सेतो रङ्ग पवित्रता, शुद्धता, विद्या तथा शान्तिको प्रतिक हो । यसबाट मानसिक, बौद्धिक तथा नैतिक स्वच्छता प्रकट हुन्छ । विद्या ज्ञानको रङ्ग सेतो हो । ज्ञानले हामीलाई सांसारिक संकुचित भावनाबाट माथि उठाउँछ र पवित्रतातर्फ अगाडि धकेल्छ । सेतो रङ्गले चन्द्रमा जस्तै शितलता प्रदान गर्छ । त्यसैले मोती लगाउँदा मनमा शान्ति मिल्ने गर्छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ९ : ०० बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा