सुर्तीमा हुने ४५ किसिमका रसायनले क्यान्सरको जोखिम, धुम्रपान छोड्दा फाइदै–फाइदा « Khabarhub

सुर्तीमा हुने ४५ किसिमका रसायनले क्यान्सरको जोखिम, धुम्रपान छोड्दा फाइदै–फाइदा


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । सुर्तीमा स्वास्थ्यलाई नराम्रो असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् भने ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गर्न सहयोग पुर्‍याउँछ । सुर्तीमा पाइने निकोटिनले मानिसको फोक्सो,श्वासप्रश्वास नली, मुख, दिमाग र आँखामा प्रत्यक्ष असर पार्दछ ।

सुर्तीजन्य पदार्थको सेवनले मुटु तथा पेटमा पनि नकारात्मक असर पर्छ । धुम्रपानले मानिसको स्वास फेर्ने अङ्ग फोक्सोलाई असर पर्ने भएकाले धुम्रपान गर्ने व्यक्तिहरुमा दम,कोकी र क्यान्सरको रोग लाग्ने सम्भावना धेरै हुन्छ । सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको मस्तिष्क र रगतमा समेत असर पर्छ ।

धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मानिसको अकालमै मृत्यु हुनसक्छ । धुम्रपानका कारण विभिन्न २५ किसिमको रोग लाग्ने विश्व स्वस्थ्य संगठनको दावी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष ५० लाख मानिसको मृत्युको कारण धुम्रपान हो । विश्वमा धुम्रपानका कारण एक मिनेटमा १० जनाो मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनका अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्छ ।

धुम्रपानका सेवनले लाग्ने रोगहरु

– फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने,

– दम, खोकी, ब्रोङ्काइटिस हुने,

– मुटुको रोग लाग्ने,

– मस्तिष्कमा रक्तश्राव हुने,

– गर्भको बच्चा कमजोर, रोगी र अङ्गभङ्ग हुने,

– काम गर्ने क्षमतामा कमी हुने,

– गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको बृद्धिविकासमा असर पारी कम तौलको बच्चा जन्मने खतरा हुने,

– गर्भपतन हुने र अवधि पूरा नभई बच्चा जन्मने,

– गर्भमै बच्चको मृत्यु हुनसक्ने ।

 

गर्भको बच्चालाई सूर्तीजन्य पदार्थले हुने असर

– गर्भको बच्चालाई चाहिने अक्सिजनको मात्रा घटाउँछ,

– गर्भको बच्चाको हृदयको गति बडाउँछ,

– नाभीको माध्यमबाट बच्चामा रगत पुर्‍याउने कार्य कम गराउँछ,

– बच्चाको श्वासप्रश्वासमा कमी ल्याउँछ ।

धुम्रपान छोड्दाको फाइदा

किशोरावस्थामा प्रवेश गर्दैगर्दा युवा युवतीहरु धुम्रपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्ने गर्छन् । त्यसैले किशोरावस्थामा नै सचेत र संयम हुन सकेमा कुलबाट बच्न सकिन्छ । साथीभाइको दबाव, ठूला मान्छेको देखासिकी र जिज्ञासा तथा कौतुहलताले युवा–युवतीलाई धुम्रपान तर्फ आकर्षित गरिरहेको हुन्छ । यदि तपाईं धुम्रपानको लतमा फसिसक्नु भएको छ र छोड्न चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको परामर्शमा सजिलैसँग धुम्रपान छोड्न सकिन्छ ।

धुम्रपान छोड्दाको फाइदा यस्तो छ

– फोक्सो दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुको रोग र टिबी रोग लाग्नबाट बच्न सकिन्छ,

– मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,

– गर्भ सुरक्षित हुन्छ, गर्भशित्रको शिशू स्वस्थ रहन्छ,

– दाँत, औँला पहेँलो हुँदैन,

– बालबालिकालाई निमोनिया कम हुन्छ,

– पैसाको बचत हुन्छ,

– आफूभन्दा साना छोराछोरीले धुम्रपान गर्न सिक्दैनन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ४७ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन