भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा ! « Khabarhub

भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा !


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही दिनअअघि भएको भारतीय चुनाव भन्दा पहिला प्रताप षडंगीलाई भारतको ओडिशा भन्दा बाहिर सायदै कसैले चिनेका थिए । तर पछिल्लो एक हप्ता उनी भारतका सबैभन्दा चर्चित व्यक्ति बनेका छन् ।

भेषभूषाबाट राजनेता कम र सन्यासी धेरै जस्तो देखिने बालेश्वरबाट निर्वाचित यी सांसदले विहीवार राति राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राज्य मन्त्रीको रुपमा शपथ लिए । शपथ लिनका लागि बोलाइँदै गर्दा तालीको गडगडाहट चल्यो । यसबाट नै उनी कति लोकप्रिय र चर्चामा रहेछन् भन्ने थाहा हुन्छ ।

६४ वर्षीय षंडगीको सादा जीवनको वयान र चर्चा तस्वीर राखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गम्सा लगाएर आफ्नो घरभन्दा बाहिर पानीको नलमा नुहाउँदै गरेको होस् या साइकल या अटो रिक्सामा चुनाव प्रचार गरिरहेका हुन् उनको तस्वीरहरु चर्चामा छ । मन्दिरको बाहिर साधना गरिरहेको उनको तस्वीर पनि मिडियामा चर्चामा छ ।

राती आठ बजेर ५५ मिनेटमा दिल्लीमा षडंगी पदभार ग्रहरण गरिरहेका थिए र बालेश्वमा भाजपाका कार्यकर्ता हर्ष मनाइरहेका थिए, ढोल बजाइरहेका थिए, मिठाई बाँडिरहेका थिए ।

षडंगीले ओडीशामा बजरंग दलको अध्यक्षको रुपमा पनि काम गरेका छन् । त्यसभन्दा पहिला उनी सोही राज्यमा विश्व हिन्दू परिषदका एक वरिष्ठ सदस्य भएका थिए ।

बालेश्वर जिल्लाको नीलगिरी क्षेत्रबाट दुईपटक विधायक जितिसकेका उनी आज पनि आफ्नो गाउँ गोपीनाथपुरमा एक कच्ची घरमा बस्छन् ।
सधैं सेतो कुर्ता पाइजामा, चप्पल र काँधमा गलबन्दी र झाला भिरेर हिँड्ने उनी सडकमा पैदल हिँडिरहेका भेटिन्छन् भने रेल चढ्नको लागि दिन भर रेलको प्रतिक्षा गरिरहेका हुन्छन् । सर्वसाधारणसँगै झुप्रोमा उनी खाना खाजा खान्छन् ।

२००४ देखि २०१४ सम्म सांसद रहेका उनको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । भुवनेश्वरको एमएलए कोलोनिमा बस्ने मानिस जो उनको घरमा आउने जाने गर्थे उनीहरु उनको घरको अवस्था देखेर छक्क पर्दथे । किनकी उनको घरमा एक गुन्द्री, केही किताव, एक पुरानो टिभीको अलावा केही थिए । उनलाई चिन्नेहरुले केन्द्रको मन्त्री भएपनि उनको जीवन नफेरिनेमा विश्वस्त छन् ।

यसपटक षडंगीकोको लागि बाले्श्वर लोकसभा क्षेत्रबाट चुनावमा जीत निकाल्नु सजिलो थिएन । किनकी उनको प्रतिस्पर्धा कांग्रेसका प्रदेश अध्यक्ष निरञ्जन पटनाकका छोरा नवज्योति र अर्कोपर्फ बीजेडीका रविन्द्र जेना थिए । दुबै उम्मेदवार करोडपति थिए ।

करोडपति उम्मेदवारहरुले मिडियादेखि अन्य मान्यमबाट धेरै खर्च गरेर प्रचार गरिरहेका थिए भने अर्कोतर्फ एक थोत्रो रिक्साको छत झिकेर प्रचार गर्नेवाला ‘प्रताप नना’ ले जीत हात पारे । प्रताप षडंगीले रविन्द्र जेनालाई १२ हजार भोटले हराए ।

भारतमा बीजेपीको बिरोध गर्नेहरुपनि षडंगीको प्रशंसक छन् । जसलाई मोदीले केन्द्रमा मन्त्री बनाएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : ४५ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत