स्याउको तौल बराबरको शिशू जन्मिएपछि… « Khabarhub

स्याउको तौल बराबरको शिशू जन्मिएपछि…


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरीकाको एक अस्पतालमा २ सय ४५ ग्रामका शिशू जन्मिएका छन् । शिशूको नाम उनका अभिभावकले सेबी राखेका छन् ।

शिशू जन्मदा उनको तौल एउटा स्याउको तौल बराबरको भएकाले शिशूका बाबुआमाले नाम नै सेबी राखेका हुन् । डिसेम्बर २०१८ मा जन्मिएका उनी २३ हप्ता तीन दिनमा जन्मिएका हुन् ।

कम तौल भएका कारण चिकित्सकहरुले जन्मिएको केही घण्टामै शिशूको नबाँच्ने बताएका थिए । शिशूको स्वास्थ्य अवस्था गम्भिर भएकाले क्यालिफोर्नियाको सेन्टी यागोमा शार्प म्यारी वर्थ अस्पतालमा आइसियुमा राखिएको थियो । पाँच महिनासम्म आइसीयुमा राखिएपछि सेबी स्वास्थ्य भएका छन् ।

चिकित्सकले जन्मिएको केही घण्टामै मृत्यु हुनसक्ने भनिएको शिशूलाई स्वास्थ्य अवस्था राम्रो भएपछि क्यालिफोर्नीयाको सो अस्पतालले डिस्चार्ज गरिदिएको छ । स्याउ जति नै तौल भएका शिशू स्वास्थ्य अवस्थामा अस्पतालबाट फर्कनु आश्चर्यको कुरा भएको सेबीको हेरचाह गर्ने नर्सले बताएकी छन् ।

द टिनिएस्ट बेबी रजिस्ट्रीले सेबी संसारकै सबैभन्दा कम तौल भएको नवजात शिशू घोषित गरेको छ ।

यसअघि सन् २०१५ मा जर्मनीको एक नवजात शिशू २ सय ५२ ग्रामको जन्मिएर संसारकै सबैभन्दा कम तौल भएका शिशूको रकर्ड बनाएका थिए । अमेरीकाका सेबीले जर्मनको ती शिशूको रेकर्डलाई पनि तोडेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : १६ बजे

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा

मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं– मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदै