स्याउको तौल बराबरको शिशू जन्मिएपछि... | Khabarhub Khabarhub

स्याउको तौल बराबरको शिशू जन्मिएपछि…


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरीकाको एक अस्पतालमा २ सय ४५ ग्रामका शिशू जन्मिएका छन् । शिशूको नाम उनका अभिभावकले सेबी राखेका छन् ।

शिशू जन्मदा उनको तौल एउटा स्याउको तौल बराबरको भएकाले शिशूका बाबुआमाले नाम नै सेबी राखेका हुन् । डिसेम्बर २०१८ मा जन्मिएका उनी २३ हप्ता तीन दिनमा जन्मिएका हुन् ।

कम तौल भएका कारण चिकित्सकहरुले जन्मिएको केही घण्टामै शिशूको नबाँच्ने बताएका थिए । शिशूको स्वास्थ्य अवस्था गम्भिर भएकाले क्यालिफोर्नियाको सेन्टी यागोमा शार्प म्यारी वर्थ अस्पतालमा आइसियुमा राखिएको थियो । पाँच महिनासम्म आइसीयुमा राखिएपछि सेबी स्वास्थ्य भएका छन् ।

चिकित्सकले जन्मिएको केही घण्टामै मृत्यु हुनसक्ने भनिएको शिशूलाई स्वास्थ्य अवस्था राम्रो भएपछि क्यालिफोर्नीयाको सो अस्पतालले डिस्चार्ज गरिदिएको छ । स्याउ जति नै तौल भएका शिशू स्वास्थ्य अवस्थामा अस्पतालबाट फर्कनु आश्चर्यको कुरा भएको सेबीको हेरचाह गर्ने नर्सले बताएकी छन् ।

द टिनिएस्ट बेबी रजिस्ट्रीले सेबी संसारकै सबैभन्दा कम तौल भएको नवजात शिशू घोषित गरेको छ ।

यसअघि सन् २०१५ मा जर्मनीको एक नवजात शिशू २ सय ५२ ग्रामको जन्मिएर संसारकै सबैभन्दा कम तौल भएका शिशूको रकर्ड बनाएका थिए । अमेरीकाका सेबीले जर्मनको ती शिशूको रेकर्डलाई पनि तोडेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : १६ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच