अफागानिस्तानको राजधानीमा बम आक्रमण, ४ जनाको मृत्यु « Khabarhub

अफागानिस्तानको राजधानीमा बम आक्रमण, ४ जनाको मृत्यु


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

पूर्वी काबुलको जलालावाद सडकमा भएको आत्मघाती बम आक्रमणमा ४ जनाको मृत्यु भएको तथा अन्य ३ जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विदेशीलाई लक्षित गरी बम आक्रमण गराइएको हो ।

हताहती हुनेमध्ये अधिकांश विदेशी रहेको हुनसक्ने आशंका गरिएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन ।

यसअघि बिहीबार मात्रै काबुलस्थित सैनिक तालिम केन्द्रमा गराइएको बम आक्रमणमा ६ जनाको ज्यान गएको थियो । बिहीबार भएको बम आक्रमणको जिम्मा भने आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

पछिल्लो समय अफगानिस्तान सरकारले आसन्न ईद पर्वलाई मध्यनजर गर्दै राजधानी काबुलमा उच्च सुरक्षा सतर्कता अपनाएका बेला शहरमा लगातार २ दिन बम विष्फोट गराइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १२ : ५८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको