‘मारुनी’बाट चम्केलान् पुष्प खड्का ? « Khabarhub

‘मारुनी’बाट चम्केलान् पुष्प खड्का ?


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला निर्माणका क्रममा रहेको फिल्म ‘मारुनी’ को चर्चा भइरहेको छ । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी देख्न सकिनेछ । साम्राज्ञीका कारण पनि फिल्मको राम्रै चर्चा भइरहेको छ । साम्राज्ञीले ‘मारुनी’ को सेटबाट छायांकनका तस्वीर शेयर गरिरहेकी हुन्थिन् ।

यता अभिनेता पुष्प खड्का भने फिल्मका बारेमा सामाजिक सञ्जालमा त्यति शेयर गरेका हुँदैनन् । तर, खबरहबको कुराकानीसँग उनले यो फिल्मबाट आफूले निकै राम्रो प्रतिक्रिया पाएको र काम पनि आफूलाई चित्तबुझ्दो भएको बताएका थिए । हालै उनी अभिनित फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको थियो । तर, सो फिल्मबाट उनले खासै प्रतिक्रिया पाउन सकेनन् । उनले सो फिल्मबाट घाटा पनि नभएको बताएका थिए ।

चलचित्र ‘मारुनी’ बाट भने उनी आशावादी छन् । फिल्म निर्माण टिम उनको अभिनयको तारिफ गर्छ । यसअघि चलचित्र ‘मंगलम्’ मा अभिनय गरेर प्रशंसा पाएका पुष्पले फिल्म ‘दर्पण छाया २’ बाट भने खासै प्रतिक्रिया पाउन सकेका थिएनन् ।

म्युजिक भिडियोमा राम्रै जमेका पुष्प पछिल्लो समय राम्रै जमेका अभिनेतामा पर्छन् । फिल्ममा खासै जम्न नसकेका पुष्पले यो फिल्मबाट तारिफ पाउनेछन् भन्नेमा धेरैले आशा गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : १० बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको