धुम्रपान नियन्त्रणका लागि उत्पादन र आयात नै बन्द गर्नुपर्ने « Khabarhub

धुम्रपान नियन्त्रणका लागि उत्पादन र आयात नै बन्द गर्नुपर्ने


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (शुक्रबार) विश्व धुम्पानरहित दिवस । नेपालमा पनि विभिन्न सचेतनात्मक कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ ।

दिवसको अवसरमा शुक्रबार बिहान काठमाडौंमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । प्रभातफेरी पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि अग्रसर रहन सबैलाई आग्रह गरेका छन् ।

उनले क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि प्रत्यक घरघरबाटै अभियान चलाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा स्वस्थ्यकर्मीहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादन र आयत नै बन्द गराउन पहल गर्न पनि सबै समूदायलाई आह्वान गरेका छन् ।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले ‘धुम्रपानको खेती, जीवनको क्षति’, ‘धुम्रपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कका अनुसार नेपालमा हरेक वर्ष धुम्रपान सेवनबाट २५ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ४ : ११ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ