एजेन्सी– महिला रेफ्रिमाथि अश्लिल इसारा गरेपछि इटलीमा एक १४ वर्षीय खेलाडीमाथि प्रतिवन्ध लागेको छ । यो घटना मेस्टर भेनिसमा १४ वर्ष मुनिको प्रतिस्पर्धा भइरहेको बेलामा २२ मेमा घटेको थियो ।
युवा खेलाडीले विपक्षीले विरुद्ध पाएको कर्नरको क्रममा रेफ्रिले उनलाई बाहिर पठाएपछि ति खेलाडीले हातको इसाराले अस्लिल हर्कत गरेका थिए । भए आफ्नो जसीलाई माथि तानेका थिए ।
इटलियन फुटबल फेडेरेसनले यस्तो हर्कत ‘पूर्णरुपमा अस्वीकार्य’ र प्रतिवन्धको लागि योग्य भएको बताएको छ ।
यदी ति खेलाडी पुनशिक्षा कार्यक्रममा भाग लिन तयार भएर अपिल गरे अदालतले उनको प्रतिवन्धलाई आधा बनाउन मिल्ने व्यवस्था छ ।
२२ वर्षीया निकास्ट्रो भेनिसकी हुन् र उनले रेफ्रिको रुपमा ४० भन्दा धेरै खेलहरु खेलाएकी छिन् । खेलका क्रममा अन्य फ्यानहरुले पनि उनीमाथि इशाराका माध्यमबाट अस्लिल हर्कत गरेका थिए । जसबाट उनी निकै निराश बने ।
प्रतिक्रिया