सीएमसीबाट पीडित ठेकेदारको रकम भुक्तानी गर्न नसकिने « Khabarhub

सीएमसीबाट पीडित ठेकेदारको रकम भुक्तानी गर्न नसकिने


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने बताएको छ ।

सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिइरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो । समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार काठमाडौंका पीडित पक्षसँगको अन्तरक्रियामा कानूनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन सकिने अवस्था नरहेको स्पष्ट पारे ।

उनले समिति पीडितको मागलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको तर त्यसका लागि कानुनी बाटोको खोजीमा रहेको बताए । कार्यकारी निर्देशक कँडेलले सो आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरुको भुक्तानीको एकीन गर्न अध्ययन गर्न समिति गठन गर्ने तयारीमा जुटेको पनि जानकारी दिए ।

आयोजनाको बोर्डले अध्ययन समिति बनाएर पीडित पक्षको भुक्तानीका लागि अध्ययन गर्ने निर्णय गरेर आवश्यक निर्णयका लागि खानेपानी मन्त्रालयमा पठाइएको पनि समितिले जनाएको छ ।

पीडित निर्माण व्यवसायीहरुले आफूहरुको करिव डेढ अरव भुक्तानी सिएमसी कम्पनीले दिन बाँकि रहेको दावी गर्दै उपलब्ध गराई दिन सरकारसँग माग गर्दै आएका छन् ।

समितिका कार्यकारी निर्देशक कँडेलले त्यसैको एकीन गर्न पनि अध्ययन समितिले  सिएमसी कम्पनीसँग करिव २ अरव ६१ करोड रुपैयाँ जफत गरेको उल्लेख गर्दै सो पैसाबाट पीडित पक्षलाई भुक्तानी गर्ने तयारी गरिएको जनाए । तर त्यसका लागि कानुनी बाटो नभएको समितिका कार्यकारी निर्देशक कँडेलले बताए ।

यता, पीडित निर्माण व्यवसायीहरुले भने सिएमसी कम्पनीले आफूहरुलाई ठूलो पीडा दिएको उल्लेख गर्दै तत्काल भुक्तानी दिने व्यवस्था गरिदिन सरकारलाई दवाव दिएका थिए । आफूहरुको बेहाल बनाउने काम सिएमसी कम्पनीले गरेको उल्लेख गर्दै निर्माण व्यवसायी किरण थापाले सो कम्पनीसँग जफत गरिएको रकमबाट भुक्तानी उपलब्ध गराउन सरकारलाई दवाव दिए ।

कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पीडित पक्षलाई भुक्तानीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने