बजेटबारे कांग्रेसको धारणा– रंग भरेर ‘कपिपेस्ट’ | Khabarhub Khabarhub

बजेटबारे कांग्रेसको धारणा– रंग भरेर ‘कपिपेस्ट’


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कामचलाउने खालको बजेट मात्र ल्याएको टिप्पणी गरेको छ ।

जेठ १५ मा सरकारले सार्वजनिक गरेको बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारलाई काम चलाउने प्रकृतिको बजेट ल्याउनुपर्ने बाध्यता नभएपनि त्यस्तो बजेट आएको टिप्पणी गरे । तीन तहको स्थीर सरकार बनेको अवस्थामा पनि जेठ १५ लाई गुजार्ने गरि काम चलाउ बजेट ल्याउनु पर्ने बाध्यता थिएन ।

‘नविन कार्यक्रम, दुरगामी लक्ष र जोखिम मोल्ने क्षमताको खोजी गरेको थियो तर भएन’ प्रवक्ता शर्माले भने,‘ आयाश्रोत र क्षमताको वृद्धि नगरी बजेटको आकारमात्र अनपेक्षित बढाउँदा कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनाका सुधारका विषय बजेटमा आएन ।
कांग्रेसले नेकपाको सरकारले प्रदेश र स्थानीय तहलाई बजेट दिन कन्जुस्याई गरेको समेत आरोप लगाएको छ ।

‘बजेटको आकार बढेपनि प्रदेश र स्थानीय पर्याप्त बजेट पठाएको पाइएन’ शर्माले भने,‘संघीयता कार्यान्वयनमा सरकार गम्भीर देखिएन ।’
नेकपाको सरकारले चुनावको बेलामा बाँडेको सपनालाई पनि यतिबेला स्मरण गर्न आवश्यक भएको भन्दै शर्माले यो हिसावमा पाँच वर्षमा १० प्रतिशतमात्र पनि घोषणा अनुसारको लक्ष्य प्राप्त हुने सम्भावना नरहेको दाबी गरे ।

‘पहिलो वर्षको बजेटमै पाइला डगमगाएपछि दोस्रो पाइलामा देखिन्छ’ शर्माले भने,‘गत आर्थिक वर्षलाई पहिलो पाइला मान्ने हो भने पहिलो पाइलाले छोडेको अलमल, अलपत्र योजना र पूरानै सपनाको भारी बजेटलाई बोकाइएको छ र परिणामपनि कपि पेस्टको रुपमा नै आउने छैन भनेर भन्न सकिने अवस्था विद्यमान छैन ।’

बजेटलाई लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्दर्शमा भिन्न ढंगले क्षमता प्रस्तुत गर्नु पर्थयो भन्दै कांग्रेसले खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि गर्न काम सरकारले गर्न नसकेको आरोप लगायो । आयाश्रोत र क्षमताको वृद्धि नगरी बजेटको आकारमात्र अनपेक्षित बढाउँदा कार्ययोजना दृष्टिकोण इच्छामशक्ति र संरचनाका सुधारका विषय बजेटमा नआएको कांग्रेसको टिप्पणी थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ५ : २२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित