विश्वकप क्रिकेटः वेष्ट इण्डिजको विजयी शुरुवात « Khabarhub

विश्वकप क्रिकेटः वेष्ट इण्डिजको विजयी शुरुवात


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो। इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरनले अविजित ३४ तथा शिम्रोम हिटमायरले अविजित ७ रन बनाए । साई होपले ११ रन जोड्दा डरेन ब्राभो सुन्य रनमा आउट भए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

निकै खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान २२-२२ रन जोडे । यस्तै वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए ।

यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । जितसंगै वेष्ट इण्डिजले २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसअघि उद्घाटन खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरिसकेको छ । इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ०१ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का