विश्वकप क्रिकेटः वेष्ट इण्डिजको विजयी शुरुवात « Khabarhub

विश्वकप क्रिकेटः वेष्ट इण्डिजको विजयी शुरुवात


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो। इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरनले अविजित ३४ तथा शिम्रोम हिटमायरले अविजित ७ रन बनाए । साई होपले ११ रन जोड्दा डरेन ब्राभो सुन्य रनमा आउट भए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

निकै खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान २२-२२ रन जोडे । यस्तै वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए ।

यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । जितसंगै वेष्ट इण्डिजले २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसअघि उद्घाटन खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरिसकेको छ । इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ०१ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु