क्रिकेटिङ नेपालको ब्रान्डएम्बेसडर बने दीपेन्द्र « Khabarhub

क्रिकेटिङ नेपालको ब्रान्डएम्बेसडर बने दीपेन्द्र


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटिङ नेपाल डटकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ ।

शुक्रबार एक कार्यक्रमका गरेर क्रिकेटिङ नेपालले दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको जानकारी दिएको हो । दीपेन्द्र क्रिकेटिङ नेपालसँग आगामी डिसेम्बरसम्मका लागि जोडिएका हुन् । यस क्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ नेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् ।

दीपेन्द्रले क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउँदा आफूलाई खुशी लागेको बताए । सन् २०१७ मा कीर्तिपुरमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिपअन्तर्गत केन्याविरुद्धको खेलबाट डेब्यू गरेका दीपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ०४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य