विहारमा आकासबाट खसेको चुम्बकीय शक्तिको ढुंगा उल्का पिण्ड ! « Khabarhub

विहारमा आकासबाट खसेको चुम्बकीय शक्तिको ढुंगा उल्का पिण्ड !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही दिन अघि भारतकाे विहारमा आकासबाट खसेको झण्डै १० किलोको ढुंगा उल्कापिण्ड भएको आशंका गरिएको छ। सीएनएनका अनुसार ढुंगालाई अहिले ‘विहार संग्राहलय’मा प्रदर्शनमा राखिएको छ।

तर यसलाई तत्कालै श्रीकृष्ण साइन्स सेन्टरमा स्थान्तरण गरेर विज्ञमार्फत उल्कापिण्ड भए नभएको परीक्षण गराइने विहारका मुख्यमन्त्री नितिश कुमारले बताए । हेर्दा सामान्य ढुंगाजस्तो देखिए पनि उल्कापिण्ड थप भारी हुने गर्छ । यसको बाह्य भाग जलेको हुने तर पनि चहकिलो हुने गर्छ। र उल्कापिण्डको अर्को महत्वपूर्ण विशेषता यसमा चुम्बकीय गुण हुन्छ ।

‘अनुसन्धान दाताहरुमा उल्कापिण्डबारे ठूलो चाख छ। तिनको अध्ययनले हाम्रो सौर्य मण्डलको उत्पत्ति र विकासबारे थाहा पाउन सकिन्छ,’ नासाको मेटेरोएड कार्यालयको स्टेभन एहलर्टले भनिन् ।

नासाका अनुसार, उल्कापिण्ड शिशुग्रह अथवा पुछ्रेताराका टुक्रा हुन् र ती अन्तरीक्षमा सूर्यको वरिपरि घुमिरहेका हुन्छन् । जब ती पृथ्वीको गुरुत्वाकर्षणका कारण तानिएर पृथ्वीको वायुमण्डलमा आइपुग्छन् ती उल्का बन्छन् । अधिकांश उल्का वायुमण्डलमै जलेर नष्ट हुन्छन् तर पृथ्वीको सतहसम्म आइपुग्ने उल्कालाई उल्कापिण्ड भनिन्छ । बुधबार राती क्यानडाको आकासमा एक विशाल उल्का खसिरहदाँ आकासमा चन्द्रमाभन्दा बढी चहकिलो देखिएको थियो ।

त्यो उल्का पनि पृथ्वीको सतहमा आइपुगेको हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । सन् २०१३ मा रुसको उरल्स क्षेत्र एउटा ठूलो उल्का पृथ्वीको सतह भन्दा केहीमाथि विस्फोट हुदाँ ठूलो क्षति भएको थियो। घना वस्तीको आकासमा भएको विस्फोटले ठूलो ध्वनी तरङ उत्पन्न गरेको थियो । त्यसले वरिपरिका कयैन घरका झ्यालढोकाको सिसामात्र फुटाएन १००० मानिसलाई घाइते बनाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ०२ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी