जापानमा गर्मी बढ्यो, एक हप्तामा ११ को मृत्यु « Khabarhub

जापानमा गर्मी बढ्यो, एक हप्तामा ११ को मृत्यु


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको छ । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा छन् ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : १० बजे

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल