दहीसँग खानु हुँदैन यी चिजहरु, पुर्‍याउँछ यस्तो असर « Khabarhub

दहीसँग खानु हुँदैन यी चिजहरु, पुर्‍याउँछ यस्तो असर


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दूधबाट बनेको परिकार हो– दही । दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् ।

गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ ।

हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ । तर, सबै खानेकुरा दहीसँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित मानिदैन । यसले स्वास्थ्यमा असर पुर्याउने चिकित्सकहरु बताउँछन् ।

केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।

दहीसँग के नखाने ?

केरा र दहीः केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

चीज र दहीः आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

मासको दालसँग दहीः मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

आँप र दहीः गर्मी फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ ।

दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ । किनकि दुई विपरीत हुन्, एउटा शीतकारक हुन्छ भने आँपले गर्मी हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : २१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम