हलिउड फिल्म ‘अवतार’ रिजेक्ट गरेको भनेपछि गोविन्दा बने ट्रोल ! « Khabarhub

हलिउड फिल्म ‘अवतार’ रिजेक्ट गरेको भनेपछि गोविन्दा बने ट्रोल !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता गोविन्दाले हलिउडको ब्लकबस्टर फिलम ‘अवतार’ रिजेक्ट गरेको बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएका छन् । उनीसँग दुःखी भएका फ्यानहरुले गोविन्दालाई कैयन् मिममा  प्रयोग गरेका छन् ।

हालै गोविन्दाले एक साक्षात्कारमा जेम्स क्यामरुनको पूरै विश्वको ध्यान तान्न सफल फिल्म ‘अवतार’ ४ सय १० दिनमा छायांकन गर्नुपर्ने भएको र त्यो समय आफूसँग नभएकाले फिल्म छोडेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि गोविन्दा सामाजिक सञ्जालमा निशानामा परेका छन् ।

साक्षात्कारमा गोविन्दाले यो फिल्मका लागि आफू तयार नभएको खुलासा गरेका थिए । उनले दुई कारणले जेम्स क्यामरुनको फिल्म छोडेका थिए । गोविन्दाले भनेका थिए, जेम्सले यो भविष्यवाणी गरेका थिए कि यो फिल्म ८/९ वर्ष लाग्नेछ । र, यो रिलिज भएपछि सफल हुनेछ ।

५५ वर्षीय अभिनेताले भने, यो फिल्ममा जुन शीर्षक दिइएको छ । त्यो मैले नै दिएको हो । मैले यो पनि भनेको थिएँ कि, यो फिल्म बन्न कमसेकम ७ वर्ष लाग्नेछ ।

जेम्स क्यामरुनको फिल्म ‘अवतार’ संसारमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा थियो । हालै रिलिज भएको ‘एभेन्जरर्सः इन्डगेम’ ले ‘अवतार’ को कमाइलाई उछिनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ३० बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको