साउदीकी राजकुमारीले एक युवकलाई खुट्टा चुम्न लगाएपछि ... | Khabarhub Khabarhub

साउदीकी राजकुमारीले एक युवकलाई खुट्टा चुम्न लगाएपछि …


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्समा साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदले खुट्टा चुम्न लगाएको भन्दै एक युवकले उनी विरुद्ध मुद्दा दर्ता गराएका छन् ।

सामान्य फर्निचर उद्योगमा मजदुरी गर्ने ती युवकलाई राजकुमारी हासाले अंगरक्षक मार्फत कुटपिट गरेर खुट्टा चुम्न बाध्य बनाएको आरोप छ ।

यद्यपी यो घटना भने सन् २०१६ सेप्टेम्बर को हो । पीडित युवकका अनुसार उनी फर्निचरको काम गर्नका लागि फ्रान्सको पेरिसस्थित एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्ट पुगेका थिए । उ

नले काम सकेलगत्तै मोबाइलबाट फर्निचरको फोटो खिचे । त्यही क्रममा राजकुमारीले क्यामेराको फ्ल्याश देखिन् र आफ्नो तस्बिर खिचिएको ठानेर अंगरक्षकमार्फत् कुट्पीट मात्र गरिनन् खुट्टा चुम्न समेत लगाइन् ।

कुटपीटबाट पीडित बनेका ती युवकले घटना भएकै दिन पुलिसमा मुद्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो र उनी साउदी फर्किएकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पछि उनी बडीगार्ड सहित अदालतमा उपस्थित भएको र सबै आरोप गलत भएको दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ५२ बजे

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र