वर्षात्ले घर भत्किँदा पालमुनि बास « Khabarhub

वर्षात्ले घर भत्किँदा पालमुनि बास


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।

वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उहाँको नौ जनाको परिवार पाल टाँगेर बस्न बाध्य भएको छ । साउन महीनाको झरीमा घर भत्किएका पार्कीलाई कुनै पनि निकायबाट अहिलेसम्म कुनै राहत उपलब्ध नभएको स्थानीयवासी बताउँछन् ।

घर भत्किँदा करीब रु तीन लाखको धनमालको क्षति भएको दिलबहादुरका भाइ बाले पार्कीले बताए । उनले भने बाहिर लगातार झरी परिरहेको छ, घर भत्कियो कहाँ गएर बस्ने बिचल्लीमा छौँ ।” घर भत्किएसँगै उहाँको एक पशुसमेत घरभित्रै परी मरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले घर भत्किएर बिचल्ली भएको विषयमा लिखितरूपमा निवेदन नआएको बताए । उनले भने “घर भत्किएको विषयमा लिखित निवेदन आए हामी जिल्ला प्रशासनबाट प्रदान हुने राहत तत्कालै प्रदान गर्नेछौँ ।” डोटीमा करीब चार दिनदेखि लगातार वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : १५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता