अर्जेन्टाइन स्टार डिबाला तान्ने योजनामा युनाइटेड | Khabarhub Khabarhub

अर्जेन्टाइन स्टार डिबाला तान्ने योजनामा युनाइटेड


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अर्जेन्टिना तथा युभेन्टसका युवा खेलाडी पाउलो डिबाललाई इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले आफ्नो क्लबमा आवद्ध गर्ने योजना बनाएको छ ।

उनलाई ओल्ड ट्रार्फोडमा स्वागत गर्न युनाइटेड अहिले छलफलमा जुटिसकेको छ । यद्यपी युभेन्ट्स डिबालाको स्थानमा युनाइटेडका फरवार्ड रोमेलु लुकाकुलाई आफ्नो क्लबमा आवद्ध गर्ने योजनामा रहेको जनाइएको छ ।

२५ बर्षीय युवा खेलाडी डिबालाले गएको सिजनमा युभेन्ट्सबाट १० गोल गरेका छन् । युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले नयाँ सिजनको शुरुवात अगाडि नै क्लबमा खेलाडी आवद्ध गर्ने बताइसकेका छन् । तर, उनले डिबालाबारे भने खुलेर बताएनन् । उनले भने,‘म यहाँ कुनै हल्ला र अर्को टिमको खेलाडीको बारेमा बोल्दिन । हामी एक वा दुई अवस्थामा खेलाडी ल्याउने गरि काम गरिरहेका छौं । अबको १० दिन भित्र हामी एक वा दुई फ्रेस खेलाडीबारे परिचय गराउने छौं ।’

इटालीयन क्लब युभेन्ट्समा क्रिष्टियानो रोनाल्डो गएपछि डिबालाले कम अवसर पाउने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ०५ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि