अर्जेन्टाइन स्टार डिबाला तान्ने योजनामा युनाइटेड « Khabarhub

अर्जेन्टाइन स्टार डिबाला तान्ने योजनामा युनाइटेड


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अर्जेन्टिना तथा युभेन्टसका युवा खेलाडी पाउलो डिबाललाई इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले आफ्नो क्लबमा आवद्ध गर्ने योजना बनाएको छ ।

उनलाई ओल्ड ट्रार्फोडमा स्वागत गर्न युनाइटेड अहिले छलफलमा जुटिसकेको छ । यद्यपी युभेन्ट्स डिबालाको स्थानमा युनाइटेडका फरवार्ड रोमेलु लुकाकुलाई आफ्नो क्लबमा आवद्ध गर्ने योजनामा रहेको जनाइएको छ ।

२५ बर्षीय युवा खेलाडी डिबालाले गएको सिजनमा युभेन्ट्सबाट १० गोल गरेका छन् । युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले नयाँ सिजनको शुरुवात अगाडि नै क्लबमा खेलाडी आवद्ध गर्ने बताइसकेका छन् । तर, उनले डिबालाबारे भने खुलेर बताएनन् । उनले भने,‘म यहाँ कुनै हल्ला र अर्को टिमको खेलाडीको बारेमा बोल्दिन । हामी एक वा दुई अवस्थामा खेलाडी ल्याउने गरि काम गरिरहेका छौं । अबको १० दिन भित्र हामी एक वा दुई फ्रेस खेलाडीबारे परिचय गराउने छौं ।’

इटालीयन क्लब युभेन्ट्समा क्रिष्टियानो रोनाल्डो गएपछि डिबालाले कम अवसर पाउने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ०५ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका