रोजगारीका नाममा आधुनिक दासता बढ्दो « Khabarhub

रोजगारीका नाममा आधुनिक दासता बढ्दो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत केही वर्षयता वैदेशिक रोजगारीका नामममा आधुनिक दासता बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध (एटविन) र शक्ति समूहले गरेको आधुनिक दासता र गरिबी बिरुद्धको सामुदायिक नेतृत्व कार्यक्रममा अधिकांश वक्ताहरुले मानव बेचबिखनको रुप परिवर्तन गरी रोजगारीको प्रलोभन देखाइ नेपालबाट मानव तस्करी भइरहेको बताएका हुन् ।

सरकारले श्रम स्वीकृति दिएर नै मानव बेचविखनलाई सहज बनाइरहेको उनीहरुले आरोप छ। उच्च शिक्षा, विवाह, वैदेशिक रोजगारी, धर्मपुत्र, मनोरञ्जन क्षेत्रका नाममा, भाडाका आमाजस्ता प्रलोभनमा आधुनिक दासता बढीरहेको शक्ति समुहले जनाएको छ । यो विषयमा सरकारले गम्भीर भएका काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका म्यानपावर कम्पनीले सरकारसँग अनुमति लिएर विदेश रोजगारीका नाममा नेपालीको श्रम बेचबिखन गरिरहेको न्यायाधीश हरि शर्माले बताए । रोजगारीका नाममा भइरहेको मानव बेचबिखन नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रा शर्माले सरकारले विभिन्न देशसँग समन्यवन गरेर मानव तस्करी रोकथामको लागि काम गरिरहेका बताएका थिइन् ।

पछिल्लो समय नेपालबाट रोजगार तथा अन्य बाहानामा मानव तस्करी भइरहेको छ । यसलाई रोक्न स्थानीय तहसँग सहकार्य गरेर सचेतनाको कार्यक्रम चलाउनुपर्ने शक्ति समुहकी अध्यक्ष बालकुमारी दलार्मीले बताइन् । नेपालमा मासिक १ हजारभन्दा धेरै महिला तथा वालबालिक तस्करीको जोखिममा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : १२ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको