रोजगारीका नाममा आधुनिक दासता बढ्दो « Khabarhub

रोजगारीका नाममा आधुनिक दासता बढ्दो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत केही वर्षयता वैदेशिक रोजगारीका नामममा आधुनिक दासता बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध (एटविन) र शक्ति समूहले गरेको आधुनिक दासता र गरिबी बिरुद्धको सामुदायिक नेतृत्व कार्यक्रममा अधिकांश वक्ताहरुले मानव बेचबिखनको रुप परिवर्तन गरी रोजगारीको प्रलोभन देखाइ नेपालबाट मानव तस्करी भइरहेको बताएका हुन् ।

सरकारले श्रम स्वीकृति दिएर नै मानव बेचविखनलाई सहज बनाइरहेको उनीहरुले आरोप छ। उच्च शिक्षा, विवाह, वैदेशिक रोजगारी, धर्मपुत्र, मनोरञ्जन क्षेत्रका नाममा, भाडाका आमाजस्ता प्रलोभनमा आधुनिक दासता बढीरहेको शक्ति समुहले जनाएको छ । यो विषयमा सरकारले गम्भीर भएका काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका म्यानपावर कम्पनीले सरकारसँग अनुमति लिएर विदेश रोजगारीका नाममा नेपालीको श्रम बेचबिखन गरिरहेको न्यायाधीश हरि शर्माले बताए । रोजगारीका नाममा भइरहेको मानव बेचबिखन नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रा शर्माले सरकारले विभिन्न देशसँग समन्यवन गरेर मानव तस्करी रोकथामको लागि काम गरिरहेका बताएका थिइन् ।

पछिल्लो समय नेपालबाट रोजगार तथा अन्य बाहानामा मानव तस्करी भइरहेको छ । यसलाई रोक्न स्थानीय तहसँग सहकार्य गरेर सचेतनाको कार्यक्रम चलाउनुपर्ने शक्ति समुहकी अध्यक्ष बालकुमारी दलार्मीले बताइन् । नेपालमा मासिक १ हजारभन्दा धेरै महिला तथा वालबालिक तस्करीको जोखिममा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : १२ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित