बारुदी सुरुङ विष्फोट हुँदा अफगानिस्तानमा ३४ जनाको ज्यान गयो « Khabarhub

बारुदी सुरुङ विष्फोट हुँदा अफगानिस्तानमा ३४ जनाको ज्यान गयो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानमा गुडिरहेको बस सडकमा विछ्याइएको बारुदी सुरुङमा परी विष्फोट हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको हेरात र कन्दाहार राज्यलाई जोड्ने अफगानिस्तानको राष्ट्रिय राजमार्गको सडकखण्डमा विछ्याइएको बारुदी सुरुङमा यात्रुबाहक बस पर्न गएको र त्यसपछि भएको विष्फोटमा बसमा यात्रा गरिरहेका उनीहरुको ज्यान गएको हो ।

बुधबार सबेरै भएको विष्फोटमा मारिने सबै सर्वसाधारण रहेको र मारिनेमा अधिकांश महिला र बालबालिका समेत छन् । राष्ट्रपतीय कार्यालयका प्रवक्ता सेदिक सेदिकीले घटनाको पुष्टि गरेका छन् । उक्त वारुदी सुरुङ अफगानिस्तानको इस्लामिक लडाकु समूह तालिबानले विछ्याएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि तालिबानले भने पछिल्लो विष्फोटबारे कुनै टिप्पणी गरिसकेको छैन ।

आगामी सेप्टेम्बरको अन्त्यमा अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि देशभर हिंसा बढ्ने अनुमान गरिएको छ । तालिबानले निर्वाचनको तीब्र विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२