बारुदी सुरुङ विष्फोट हुँदा अफगानिस्तानमा ३४ जनाको ज्यान गयो « Khabarhub

बारुदी सुरुङ विष्फोट हुँदा अफगानिस्तानमा ३४ जनाको ज्यान गयो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानमा गुडिरहेको बस सडकमा विछ्याइएको बारुदी सुरुङमा परी विष्फोट हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको हेरात र कन्दाहार राज्यलाई जोड्ने अफगानिस्तानको राष्ट्रिय राजमार्गको सडकखण्डमा विछ्याइएको बारुदी सुरुङमा यात्रुबाहक बस पर्न गएको र त्यसपछि भएको विष्फोटमा बसमा यात्रा गरिरहेका उनीहरुको ज्यान गएको हो ।

बुधबार सबेरै भएको विष्फोटमा मारिने सबै सर्वसाधारण रहेको र मारिनेमा अधिकांश महिला र बालबालिका समेत छन् । राष्ट्रपतीय कार्यालयका प्रवक्ता सेदिक सेदिकीले घटनाको पुष्टि गरेका छन् । उक्त वारुदी सुरुङ अफगानिस्तानको इस्लामिक लडाकु समूह तालिबानले विछ्याएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि तालिबानले भने पछिल्लो विष्फोटबारे कुनै टिप्पणी गरिसकेको छैन ।

आगामी सेप्टेम्बरको अन्त्यमा अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि देशभर हिंसा बढ्ने अनुमान गरिएको छ । तालिबानले निर्वाचनको तीब्र विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ३४ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ