मुलुक समृद्ध बनाउने अभियानमा जुट्न उपप्रधानमन्त्री पोखरेलको आह्वान « Khabarhub

मुलुक समृद्ध बनाउने अभियानमा जुट्न उपप्रधानमन्त्री पोखरेलको आह्वान


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन उत्पादन वृद्धि हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई पनि सचेत गराए । नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने भएकाले त्यसमा केन्द्रित हुने गरी आफ्ना गतिविधि अघि बढाउन पनि कर्मचारीलाई अग्रसर हुन आग्रह गरे ।

बदलिँदो परिवेश अनुसार अघि बढेर मुलुकमा गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरु लागि पर्नुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको पनि स्मरण गराए ।

उनले अब कर्मचारीहरुले परिवर्तित सन्दर्भ अनुसार अघि बढन सक्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ०२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता