पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजुबहिनीको मृत्यु भएको छ ।

मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएका थिए ।

परिवारका अनुसार, बिप्लब समूहको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि ईटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न जाँदा दाजुबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ०७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२