वर्ष उत्कृष्ट प्रशिक्षकमा इंग्लिस क्लबका तीन प्रशिक्षक « Khabarhub

वर्ष उत्कृष्ट प्रशिक्षकमा इंग्लिस क्लबका तीन प्रशिक्षक


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लबबाट तीन जना प्रशिक्षक फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् ।

च्याम्पियन्स लिगको विजेता टोली लिभरपुलका प्रशिक्षक योर्गन क्लोप, इंग्लिस प्रिमियर लिगको विजेता टोली म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वाडियला तथा च्याम्पियन्स लिगको उपविजेता टोली टोटनह्यामका माउरिसियो पोचेटिन्हो वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको मनोनयनमा पोचेटिन्हो, ग्वार्डीवाला र क्लोप परेका हुन् । ग्वार्डीवालाले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

यस्तै, क्लोपले लिभरपुललाई च्याम्पियन्स लिग जिताएका थिए भने पोचेटिन्होले टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए ।

फिफाले अवार्डका लागि १० प्रशिक्षक मनोनयन गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनमा ग्वार्डीवाला र क्लोपसँगै टोटेनहमका माउरिसियो पोचेटिन्हो, ड्ज्मेल बेल्माडी, डिडियर डेस्च्याम्पस, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्टोस र टिटे अटाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५९ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको