वर्ष उत्कृष्ट प्रशिक्षकमा इंग्लिस क्लबका तीन प्रशिक्षक « Khabarhub

वर्ष उत्कृष्ट प्रशिक्षकमा इंग्लिस क्लबका तीन प्रशिक्षक


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लबबाट तीन जना प्रशिक्षक फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् ।

च्याम्पियन्स लिगको विजेता टोली लिभरपुलका प्रशिक्षक योर्गन क्लोप, इंग्लिस प्रिमियर लिगको विजेता टोली म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वाडियला तथा च्याम्पियन्स लिगको उपविजेता टोली टोटनह्यामका माउरिसियो पोचेटिन्हो वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको मनोनयनमा पोचेटिन्हो, ग्वार्डीवाला र क्लोप परेका हुन् । ग्वार्डीवालाले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

यस्तै, क्लोपले लिभरपुललाई च्याम्पियन्स लिग जिताएका थिए भने पोचेटिन्होले टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए ।

फिफाले अवार्डका लागि १० प्रशिक्षक मनोनयन गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनमा ग्वार्डीवाला र क्लोपसँगै टोटेनहमका माउरिसियो पोचेटिन्हो, ड्ज्मेल बेल्माडी, डिडियर डेस्च्याम्पस, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्टोस र टिटे अटाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र