त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता « Khabarhub

त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको दुर्घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १० बजे

जलवायु परिवर्तनको जोखिममा नेपालको पर्वतीय पर्यटन

काठमाडौँ : जलवायु परिवर्तनको तीव्र असर देखिएका बेला थपिएको पर्यटन

सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको प्रस्तावमा सीके राउत सकरात्मक

काठमाडौँ- प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच

जाजरकोटमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ- जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ

थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

प्रधानमन्त्री देउवालाई भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच