डिभी परेन ? अमेरिकी ग्रीनकार्ड पाउने अर्को विकल्प यो हो « Khabarhub

डिभी परेन ? अमेरिकी ग्रीनकार्ड पाउने अर्को विकल्प यो हो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुले अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र अर्थात् ग्रीनकार्ड पाउने सजिलो माध्यम हो– डाइभर्सिटी भिसा चिठ्ठा अर्थात् डीभी लोटरी कार्यक्रम ।

डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष हजारौंको सङ्ख्यामा नेपालीहरु अमेरिका पुगी ग्रीनकार्ड पाउने गरेका छन् । तर, ग्रीनकार्ड पाउने त्यो मात्र एक माध्यम होइन ।

अमेरिकाको भिसा कार्यक्रम अनुसार धेरै पैसा छ भने अमेरिकामा लगानी गरेर त्यहाँको ग्रीनकार्ड सजिलै पाउन सकिन्छ । आखिर कसरी पाउने त यस्तो ग्रीनकार्ड ?

अमेरिकाको ईबी–५ नामक भिसा कार्यक्रम अनुसार आप्रवासी लगानीकर्तालाई ग्रीनकार्ड पाउने बाटो खुल्ला हुन्छ । सामान्यतः अमेरिकामा करिब १० लाख अमेरिकी डलर लगानी गरी १० जनालाई रोजगारी दिनसक्ने आप्रवासीको लगानीलाई मध्यनजर गरी ग्रीनकार्ड दिइन्छ । तर, अमेरिकामा अधिक बेरोजगारी रहेको क्षेत्रमा भने केबल ५ लाख अमेरिकी डलर मात्र लगानी गरेपनि ग्रीनकार्ड पाइन्छ ।

हालै अमेरिकाको नागरिकता तथा अध्यागमन निकायले परिवर्तन गरेको नियमअनुसार आगामी नोभेम्बर २१ बाट भने यो नियम परिवर्तन हुँदैछ ।

नोभेम्बर २१ बाट भने सामान्यतः १८ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । तर, अधिक बेरोगगार दर भएका क्षेत्रमा ९ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने प्रावधान शुरु हुन लागेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ४६ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा