डिभी परेन ? अमेरिकी ग्रीनकार्ड पाउने अर्को विकल्प यो हो « Khabarhub

डिभी परेन ? अमेरिकी ग्रीनकार्ड पाउने अर्को विकल्प यो हो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुले अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र अर्थात् ग्रीनकार्ड पाउने सजिलो माध्यम हो– डाइभर्सिटी भिसा चिठ्ठा अर्थात् डीभी लोटरी कार्यक्रम ।

डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष हजारौंको सङ्ख्यामा नेपालीहरु अमेरिका पुगी ग्रीनकार्ड पाउने गरेका छन् । तर, ग्रीनकार्ड पाउने त्यो मात्र एक माध्यम होइन ।

अमेरिकाको भिसा कार्यक्रम अनुसार धेरै पैसा छ भने अमेरिकामा लगानी गरेर त्यहाँको ग्रीनकार्ड सजिलै पाउन सकिन्छ । आखिर कसरी पाउने त यस्तो ग्रीनकार्ड ?

अमेरिकाको ईबी–५ नामक भिसा कार्यक्रम अनुसार आप्रवासी लगानीकर्तालाई ग्रीनकार्ड पाउने बाटो खुल्ला हुन्छ । सामान्यतः अमेरिकामा करिब १० लाख अमेरिकी डलर लगानी गरी १० जनालाई रोजगारी दिनसक्ने आप्रवासीको लगानीलाई मध्यनजर गरी ग्रीनकार्ड दिइन्छ । तर, अमेरिकामा अधिक बेरोजगारी रहेको क्षेत्रमा भने केबल ५ लाख अमेरिकी डलर मात्र लगानी गरेपनि ग्रीनकार्ड पाइन्छ ।

हालै अमेरिकाको नागरिकता तथा अध्यागमन निकायले परिवर्तन गरेको नियमअनुसार आगामी नोभेम्बर २१ बाट भने यो नियम परिवर्तन हुँदैछ ।

नोभेम्बर २१ बाट भने सामान्यतः १८ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । तर, अधिक बेरोगगार दर भएका क्षेत्रमा ९ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने प्रावधान शुरु हुन लागेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ४६ बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च