इस्लामिक स्टेटको आक्रमणमा नाइजेरियामा ४० सैनिक मारिए « Khabarhub

इस्लामिक स्टेटको आक्रमणमा नाइजेरियामा ४० सैनिक मारिए


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– आतंकवादी संगठन इस्लामिक स्टेटले अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो समूहले सैनिकलाई लक्षित गरी गराएको आक्रमणमा कम्तीमा ४० सैनिक मारिएको वा घाइते भएको दावी गरेको छ ।

इस्लामिक स्टेटद्वारा सञ्चालित अमाक समाचार संस्थामार्फत् जारी विज्ञप्तिमा मंगलबार नाइजेरियाको बोर्नो राज्यमा गराइएका दुई छुट्टाछुट्टै आक्रमणमा ४० भन्दा धेरै सैनिक मारिएको दावी गरिएको हो ।

अमाकले जनाएअनुसार इस्लामिक स्टेटले बोर्नो राज्यको बागा क्षेत्रमा रहेको सैनिक सुरक्षा चौकीमा आक्रमण गर्दा १५ सैनिकको ज्यान गएको वा घाइते भएका थिए । त्यस्तै, सोही राज्यको बेनीशेख क्षेत्रमा रहेको अर्को सैनिक ब्यारेकमा गरिएको आक्रमणमा अरु २५ सैनिक मारिएको जनाइएको छ ।

इस्लामिक स्टेटसँग आबद्ध आतंकवादी समूह बोको हरामले सो क्षेत्रमा सैनिक तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरु गर्दै आएको छ । केही दिनअघिमात्र बोर्नो राज्यमै संदिग्ध बोको हरामका लडाकुले मलामीलाई लक्षित गरी गरेको आक्रमणमा ६५ जना मारिएका थिए ।

सन् २००९ यता नाइजेरियामा जारी इस्लामिक अतिवादीको आक्रमणका क्रममा हालसम्म ३० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ५५ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब