‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’ « Khabarhub

‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बुधबार आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए । “गतवर्ष प्रहरीले ९७.५ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ,”–उनले भने । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जकी प्रहरी निरीक्षक अनिता महतले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गरेको बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गरेको उल्लेख गरे ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल