कपालमा पर्ने चायाबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

कपालमा पर्ने चायाबाट कसरी बच्ने ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिस आफुलाई सुन्दर बनाउने प्रयास गर्छन । मानिस सुन्दर भएसंगै यसले उसको ब्यक्तित्वमा समेत सकारात्मक असर पार्दछ । मानिसको सुन्दरता झल्काउन कपालले महत्वपुर्ण भुमिका राख्दछ ।

कपाल कतिको महत्वपुर्ण हो भन्ने कुरा कपालका बिषयमा बनेका गीत वा कविताले प्रष्ट्याउने गर्दछ । तर मानिसको कपालमा जाडो र गर्मी दुबै मौसममा चाया पर्ने गर्दछ । कपालमा चाया पर्ने समस्याका कारण अधिकाशं मानिस तनावमा हुने गर्दछन् ।

चाया पर्नुको कारण

टाउकोमा रहेको बाहिरी छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चलिरहन्छ । जसले मानिसको टाउकोमा सेतो मसिना फुस्रो दाग तथा कणहरु देखापर्छन् जसलाई चाया भनिन्छ । चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु पनि हो ।

कपालको नियमित सफाई नहुँदा टाउकोमा चाया पर्ने सम्भावना वढी हुन्छ । अझ शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणे पनि चाया पर्ने हुन्छ । विभिन्न रोग, अखाद्य बस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ । साथै अत्यधिक तनाव लिने, शारीरीक थकानको काम गर्ने र केहि एलर्जीले समेत चाया पर्दछ ।

चाया निको पार्ने उपाय

टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ ।

पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

चाया हटाउने १० घरेलु उपाय

१. एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४९ बजे

कन्य च्याउको बिउ उत्पादन गरिँदै

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ

काठमाडौँ -नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपालमा सूचीकृत नहुने

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।