‘राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’ « Khabarhub

‘राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार गरेका छन् ।

संविधान संशोधन गर्न कुनै कदम नचालेको, मधेशी शहिदहरुलाई अपमान गरेको, मधेशको अधिकार कण्ठित गर्दै आरक्षणको व्यवस्था लत्याउदै कर्मचारी भर्ना गरिरहेको सरकारमा सहभागी समाजवादी पार्टीसँग राजपाले एकीकरणको प्रयास गर्नु सत्ताको खेलबाहेक अरु केही नभएको मधेशी अधिकारकर्मीहरुले बताएका छन् ।

उनीहरुले राजपा समाजवादी एकीकरणको प्रयास चिनियाँ दवाबमा उसको निहीत स्वार्थ पुर्तिका लागि भईरहेको समेत आरोप लगाएका छन । उनीहरुले मधेशी पार्टीहरुले मधेशी महिला, दलित तथा पेशाकर्मीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको तर उनीहरुको समस्याप्रति ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पश्चिमा संस्कृति अतिक्रमण परेको मधेशी संस्कृतिप्रति पनि पहिचानको कुरा गर्ने मधेशी पार्टीहरुले ध्यान नदिएको पनि उनीहरुले आरोप लगाएको छ । प्रदेश नं २ लाई पनि आर्थिक रुपले सशक्त तथा आत्मनिर्भर बनाउन पनि कुनै कदम नचालेको भन्दै अधिकारकर्मीहरुले समग्र नेपालको कुरा गर्ने मधेशवादी दलहरुले पश्चिम मधेशसमेत समेट्न नसकेको आरोप लगाएका छन् ।

अधिवक्ता सुनिल रञ्जन सिंह, अधिबक्ता पंकज कर्ण, पत्रकार अनन्त मेहता, कलाकार विजय यादव निर्जीव, अधिकारकर्मी आनन्द गूप्ता, दलित अधिकारकर्मी नरेन्द्र पासवान, मधेशी कर्मचारी मञ्चका उपाध्यक्ष सुजित कुमार झा, मैथिल महिला समाजका अध्यक्ष अञ्जला झा, संघियतासम्वन्धी विज्ञ डा.विनय मिश्रा, अवधि अगुवा आलोक तिवारी, सांस्कृतिक कर्मी नागेन्द्र ठाकुरलगायतका अधिकारकर्मीहरु शनिबार काठमाडौंमा भेला भई मधेशी पार्टीहरुलाई सत्ताको खेलमा नलाग्न खबरदारी गरेका छन् ।

यसअघि राजपाभित्रको राजेन्द्र महतो नेतृत्वको गुटले मन्त्री पदको लागि समाजवादी पार्टीसँग एकीकरण गर्न खोजेको समाचारहरु बाहिरिएको थियो । राजपाका ६ जना अध्यक्ष मण्डलका सदस्यहरुमध्ये राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्रराय यादवलाई उपेन्द्र यादवले चिनको समर्थनबाट मन्त्री बनाइदिने आश्वासन दिएपछि समाजवादी पार्टीसँग एकीकरणका लागि महतोले दवाब सृजना गरिरेको समाचारहरु बाहिर आएको थियो ।

अहिलेको चीनपरस्त सरकारमा राजपालाई विलय गराएर मधेशमा प्रभाव बढाउन खोजिरहेको चिनको ग्राण्ड डिजाइनको खुलासा भएपछि मधेशमा व्यापक असन्तुष्टि बढेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ११ : ३१ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने