सुर्खेतको जंगलमा बेवारिसे बनाइएका गाई पुनः नेपालगञ्ज पठाइयो « Khabarhub

सुर्खेतको जंगलमा बेवारिसे बनाइएका गाई पुनः नेपालगञ्ज पठाइयो


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेख पुर्‍याउने भनी रातारात सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छाडिएका गाईको उद्धार गरी पुनः नेपालगञ्ज पठाइएको छ ।

स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए ।

वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको संख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए÷नभएको यकिन हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो । तर, शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित/मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।
गाउँपालिका अध्यक्ष पे्रमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे ।

“यहाँ त्यति ठूलो संख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन,” उनले भने । भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं–१४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् । घटनाको विरोधमा आज मङ्गलगढी चोकबाट शुरु भएको र्‍याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे ।

सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सात जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकेको छ । मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षी सम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ ।

अपराधसंहिताको उक्त कसुर अन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  २ : १२ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल